• Breaking News

    Monday, April 10, 2017

    चर्पी र रेस्टुराँसहितको पर्यटकीय बस सञ्चालनमा

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    चर्पी र रेस्टुराँसहितको पर्यटकीय बस सञ्चालनमा


    चर्पी र रेस्टुराँसहितको पर्यटकीय बस सञ्चालनमा

    काठमाडौँ । नेपालमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि ट्राभल्स नेपाल बस सर्भिस प्रालिले चर्पी र रेस्टुराँसहितको सुविधा सम्पन्न बस सञ्चालनमा ल्याएको छ।  ‘उमङ्ग र अनुभूति’ भन्ने नाराका साथ सुविधा सम्पन्न, आरामदायी र एयर कण्डिसन भएको नयाँ पर्यटकीय बस सञ्चालनमा ल्याएको हो।

    यात्रुको चाहना, सुरक्षा र सुविधालाई ध्यानमा राखी काठमाडौँदेखि लुम्बिनी र काठमाडौँदेखि पोखरासम्मका लागि हाल चारवटा बस सञ्चालनमा ल्याइएको प्रालिका सञ्चालक दीपक भट्टराईले जानकारी दिए। उनले यात्रुको चाहना हेरेर छिट्टै पाँचवटा बस थपिनेसमेत बताए।

    सो सेवाको सोमबार बेलुका उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री पशुराम तामाङले यस्तो बस सञ्चालनले नेपालको पर्यटन विकासमा थप सहयोग पुग्ने बताए।उनले भने, “उक्त बस लुम्बिनी र पोखरामा मात्र नभई अरु पर्यटकीय गन्तव्यमा समेत पु¥याउनु जरुरी छ ।”

    नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य राजेन्द्रप्रसाद सापकोटाले समयको मागअनुसार सेवा प्रदान गरेको भन्दै यसको विकास र विस्तारमा लाग्नु जरुरी रहेको बताए।  प्रालिका अध्यक्ष श्रीकान्त आचार्यले नयाँ बसबाट यात्रा गर्न चाहनेहरुका लागि मोबाइल एप्स र इ–सेवामार्फत टिकट काट्ने व्यवस्था मिलाइएको जानकारी दिए।

    उनका अनुसार बुधबारदेखि लुम्बिनी र पोखरामा एकसाथ बस सञ्चालन गरिने छ ।  उनले बसभित्र तातो, चिसो खानेकुरा सुविधासँग खान र पिउनका लागि फोल्डेवल सेवन जडित गरिएको र धुम्रपानको बानी भएका यात्रुको लागि छुट्टै ठाउँको व्यवस्था रहेकोे बताए। सत्ताइस सिट क्षमता भएको उक्त बस चढ्नेले काठमाडौँ–पोखराका लागि १७ अमेरिकन डलर र काठमाडौँ–लुम्बिनीका लागि २५ अमेरिकन डलर भाडा तिर्नुपर्ने छ । रासस

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture