भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
चीनको शक्ति प्रदर्शन : नयाँ युद्धपोत उद्घाटन
बेइजिङ, वैशाख १३ – चीनले आफ्नो बढ्यो सैन्य शक्तिको प्रदर्शन गर्दै नयाँ युद्धपोत सार्वजनिक गरेको छ ।
लियायोनिङपछि चीनको यो दोस्रो युद्धपोत हो भने पहिलो घरेलु उत्पादन हो ।
हालसम्म नाम नदिइएको उक्त युद्धपोतलाई डालियानको उत्तर पूर्वी बन्दरगाहमा राखिएको थियो ।
यो सन् २०२० देखि सञ्चालनमा ल्याइनेछ ।
अमेरिका र उत्तरकोरियाबीच तनाव बढिरहँदा र साउथ चाइना समूद्रमा तनाव बढिरहँदा चीनले शक्ति प्रदर्शन गरेको हो ।
चीनसँग हाल एउटा मात्र युद्धपोत लियायोनिङ सञ्चालनमा रहेको थियो जुन उसले उक्रेनबाट ल्याएको हो ।
उत्तर कोरियाको मिसाइल परिक्षणबाट रुष्ट बनेको अमेरिकाले कोरियाली प्रायद्वीपमा युद्धपोत र पनडुब्बी राखेको छ भने चीनले संयमता अपनाउन आग्रह गरेको हो ।
चीनले आफै युद्धपोत निर्माण गरेपछि यो पश्चिमा राष्ट्रका टाउको दुखाई बन्ने जानकारहरु बताउँछन् । यो चीनको लागि ठूलो कदम भएको उनीहरुको भनाई छ ।
चीनले पछिल्लो समय आफ्नो सैन्य क्षेत्रलाई आधुनिकीकरण गरिरहेको छ । गत मार्चमा मात्र चीनले आफ्नो रक्षा बजेट ७ प्रतिशतले बढाउने बताएको थियो ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |




No comments:
Post a Comment