• Breaking News

    Thursday, April 20, 2017

    मुसहर बस्तीको मालपोत सरकारले मिनाहा गर्ने

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    मुसहर बस्तीको मालपोत सरकारले मिनाहा गर्ने

     काठमाडौंः सरकारले महोत्तरीको बर्दिबासमा मुसहरका लागि धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गरिदिएको ‘एकीकृत नमुना बस्ती’ को जग्गा र घर दर्ता गर्दा लिइने राजस्व मिनाहा गर्ने भएको छ।
    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले बस्तीमा बसेका मुसहरको घर र जग्गाको मालपोत मिनाहा गर्ने निर्णय गरेको विज्ञान तथा प्रविधि मन्त्री प्रेमबहादुर सिंहले जानकारी दिनुभयाे। यो निर्णयसँगै अब धुर्मुस–सुन्तलीले फाउन्डेसनले बनाइदिएको नमुना बस्तीमा बसोबास गरेका मुसहर परिवारले घर र जग्गा दर्ता गर्दा मालपोत तिर्नु पर्ने छैन।
    धुर्मुस–सुन्तलीले ५ करोड ४ लाख ३६ हजार ८ सय ६० रुपैयाँको लागतमा ५० घर, एउटा सामुदायिक भवन, मन्दिर, बालउद्यान र भ्यू टावर निर्माणसहितको ‘एकीकृत नमुना मुसहर बस्ती’ निर्माण गरिदिएका थिए। फाउन्डेशनले ‘एकीकृत नमुना मुसहर बस्ती’ निर्माण गरेर वैशाख १ गते हस्तान्तरण गरेको थियो।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture