भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
सरोज अधिकारी/नवीन स्थापित (इमेज): काठमाडौं, वैशाख १५ । सरकारले व्यवस्थापिका–संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावको पक्षमा दुई तिहाइ मत पुग्न नदिन एमालेसहितका प्रतिपक्षी दलहरुले प्रयास गरिरहँदा सरकारले भने संशोधनको पक्षमा दुई तिहाइ मत पुगेको दाबी गरेको छ ।
सरकारले शनिबारसम्म संविधान संशोधन प्रस्तावमाथि नै संशोधन हालेर भएपनि एमालेसहित सहमतिको प्रयास जारी राख्ने जनाएको छ ।
संविधान संशोधनको पक्षमा दुई तिहाइ मत पुर्याउन अहिले कायम रहेको सदस्य संख्या ५९३ मध्ये ३९६ मत पुर्याउनुपर्छ ।
अहिले सत्तापक्ष र विपक्षमा देखिएको मत गन्दा स्पस्टरुपमा यही हुन्छ भन्ने अवस्था छैन । तर, केही विपक्षी दलसमेत सत्तारुढ दललाई सघाउन तयार भएको सरकारको बुझाइ छ ।
अर्कोतिर विपक्षी एमालेसहितको गठबन्धनले आफूहरुसँग प्रस्ताव ‘फेल’ गर्न पुग्ने एक तिहाइ बढी मत रहेको दाबी गरिरहेको छ ।
सरकारले प्रस्तावको पक्षमा कांग्रेस २०७, माओवादी केन्द्र ८१, राप्रपा ३७, राजपा नेपाल २५, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक १७, संघीय समाजवादी १५, नेकपा संयुक्त २, परिवार दल २ र अन्य ११ गरी ३९८ मत रहेको दाबी गरेको छ । जबकी, दुई तिहाइ पुग्न ३९६ मत भए पुग्छ ।
उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि सरकारले लगेको संशोधन प्रस्तावमा प्रस्टरुपमा दुई तिहाइ मत पुगिसकेको दाबी गर्छन् ।
एमालेभित्रै पनि तराई–मधेसका थुप्रै सांसदले प्रस्तावको पक्षमा मत हाल्न दबाब दिएकाले अन्तिममा एमालेले पनि सहयोग गर्ने अपेक्षा गृहमन्त्री निधिको छ ।
विपक्षी गठबन्धनसँग अहिले एमाले १८१, नेकपा माले ५, नेमकिपा ४, राष्ट्रिय जनमोर्चा ३, बहुजन पार्टी १, नेपा पार्टी १ गरी १९५ मत प्रस्टरुपमा देखिएको छ । परिवार दल र मेघराज निषाधको पार्टीले सहयोग गर्ने एमालेको दाबी छ ।
यी दलले विपक्षीलाई सहयोग गरेको खन्डमा सरकारी प्रस्तावको पक्षमा दुई तिहाइ पुग्ने छैन । यद्यपि, परिवार दलले सरकारलाई सहयोग गर्ने बताइसकेको छ ।
एमाले प्रमुख सचेतक भानुभक्त ढकाल संशोधन पारित हुन नदिन आफूहरुसँग यथेष्ट मत रहेको दाबी गर्छन् । एक रिपोर्ट
(विस्तृत भिडियोमा हेर्नुहोस्) ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment