• Breaking News

    Saturday, April 22, 2017

    युराेप,अमेरिका जस्तै अब काेरीयामा परिवार लैजान पाउने

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    युराेप,अमेरिका जस्तै अब काेरीयामा परिवार लैजान पाउने  
     काठमाडौं – दक्षिण कोरियामा रहेका नेपालीका लागि राम्रो खबर छ, अब कोरिया सरकारले प्रवासी (विदेशी) कामदारले आफ्ना परिवारका सदस्य (श्रीमान वा श्रीमती) पनि ल्याउन पाउने व्यवस्था लागू गर्ने भएको छ चौथो औद्योगिक क्रान्तिका लागि दक्ष जनशक्तिको अभाव रहेको भन्दै कोरिया सरकारले रोजगार भिषा प्राणालीलाई परिवर्तन गर्ने घोषणा गरेको हो । परिवर्तित भिषा प्रणाली अन्तर्गत कामका लागि कोरिया आउने विदेशीले आफ्नो साथमा श्रीमान वा श्रीमती पनि ल्याउन पाउने छन् । र, उनीहरुले पनि काम गर्न पाउनेछन् । दक्ष विदेशी कामदारको कोरिया बसाई लम्बाउन कोरिया सरकारले उनीहरूका श्रीमान ,श्रीमती वा अन्य परिवारका सदस्यलाई पनि कोरिया झिकाउन सक्ने व्यवस्था गर्न लागेको हो । पछिल्लो समयमा कामका लागि कोरिया बस्ने विदेशीको संख्या वृद्धि भइरहेको छ । सन् २०११ मा कोरियामा १४ लाख विदेशी रहेकोमा हाल यो संख्या बढेर २० लाख नाघिसकेको छ । यद्यपि कोरियामा दक्ष कामदारको कमी कायमै रहेको जनाइन्छ । 

    lightnepal dekhi sabhar

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture