• Breaking News

    Tuesday, April 4, 2017

    करोडौंको मालिक कंगाल हुँदा पनि खुशी, जान्नुहोस् रोचक कहानी

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    करोडौंको मालिक कंगाल हुँदा पनि खुशी, जान्नुहोस् रोचक कहानी


    एजेन्सी। माजी ड्युमेटोको जिन्दगी अन्य करोडपतीको जस्तै विलासी थियो। तर ब्लेव्वायको इमेजवाला यी व्यक्तिको जिन्दगीमा यस्तो टर्निङ प्वाइन्ट आयो कि उनी खुसीसाथ कंगाल बने। करोडौंका मालिक अहिले कंगाल छन् तर पनि खुसी छन्। अहिले उनी ब्राजिलमा सानो भ्यानमा बस्छन्। यस्तो उनले आफैं गरेका हुन्। सिरियाको दमास्कसमा जन्मेका माजी ब्राजिलमा हुर्केका हुन्। उनले व्यवसायभ ने दुबइमा गरेका थिए।

    उनले वेब डिजाइनिङ, मार्केटिङ र प्रपर्टी बिजनेसबाट धन कमाएका थिए। उनको जिन्दगीमा हरेक किसिमको मोजमस्ती थियो। उनले करोडौं मूल्य पर्ने फरारी कार किनेपछि उनलाई लाग्यो उनले जिन्दगीमा  सबथोक हासिल गरे। तर, एक रात फरारी भयंकर दुर्घटनामा पर्‍यो। उनले गाडी चलाउँदै गर्दा एकपटम निदाए, जतिबेला पाँचवटा कार एक आपसमा ठोक्किए। माजीलाई यो दुर्घटनाको लागि जेल पनि जानुर्‍यो। दुर्घटनापछि उनको जिन्दगी फेरियो। उनी ब्राजिल गए र फेरि आफ्नो व्यवसाय अगाडि बढाए। 

    यही क्रममा उनको भेट एक युवतीसँग भयो। कंगोबाट आएकी मिलेनासँग उनको मित्रता प्रेममा बदलियो र उनीहरुले बिहे गरे। यही बीचमा उनको जिन्दगीमा अर्को टर्निङ प्वायन्ट आयो। मिलेनालाई स्तन क्यान्सर भयो। उनको दुईपटक सर्जरी भयो र बोनम्यारो ट्रान्सप्लान्ट पनि भयो। माजीले दुबई छोड्दा आफूसँग भएको पैसाको एक तिहाइ उपचारमा खर्च गरेका थिए। 

    जुन डाक्टरले मिलेनाको उपचार गरेका थिए उनले त्यहाँ एउटा क्यान्सर प्रिभेन्सन सेन्टर बनाउँदै थिए। त्यसको आसपासको जमिन बिक्रीमा थियो। माजीले त्यो जमिन किनेर एउटा ठूलो प्रिभेन्सन सेन्टर बनाउने निर्णय गरे। उनको शर्त यत्ति थियो कि प्रिभेन्सन सेन्टरबाट जति कमाइ हुन्छ त्यसको आधा भाग गरिबलाई निःशुल्क उपचारमा खर्च हुनेछ। यो सेन्टर २०१७ को अन्त्यसम्म बनेर तयार हुने बताइएको छ। यसको अलावा उनले एउटा हिलिङ सेन्टर चलाउँछन्। जहाँ उनकी पत्नीको उपचार भयो त्यसको छेउमा घर लिएर उनले क्यान्सरपीडितका आफन्तलाई निःशुल्क खाना तथा आवासको व्यवस्था गरेका छन्। माजीको मान्यता छ सबैले स्वास्थ्य सेवा पाउनुपर्छ। 







    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture