• Breaking News

    Thursday, April 27, 2017

    वैशाख ३१ गते नेपालमा हुन लागेको स्थानीय निर्वाचनमा भारतीय नागरिकले मतदान अधिकार पाउने दाबी गरिएको छ ।

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    वैशाख ३१ गते नेपालमा हुन लागेको स्थानीय निर्वाचनमा भारतीय नागरिकले मतदान अधिकार पाउने दाबी गरिएको छ ।

    काठमाडौं, १४ वैशाख । वैशाख ३१ गते नेपालमा हुन लागेको स्थानीय निर्वाचनमा भारतीय नागरिकले मतदान अधिकार पाउने दाबी गरिएको छ ।
    मधेसी मोर्चा र सरकारसँग वैशाख १० गते भएको सम्झौतालाई उद्धत गर्दै भारतीय मिडिया सिएनएन न्युज१८को अनलाइनले संविधान संशोधनपछि भारतको बिहार र उत्तर प्रदेशका भारतीय नागरिकले नेपालमा वैशाख ३१ मा हुने स्थानीय निर्वाचनमा पहिलोपटक मतदान गर्न पाउने दाबी गरेको हो ।
    समाचारमा सात महिना लामो तराई केन्द्रित दलको आन्दोलनपछि नेपाल सरकारले संविधान संशोधन गरी भारतीयलाई मताधिकार दिने तयारी गरेको पनि उल्लेख छ ।
    संविधान संशोधनले भारतीय नागरिकलाई संसदीय निर्वाचनमा समेत सहभागी हुन बाटो खोल्ने दाबी गर्दै समाचारमा मोर्चाको मागमा सरकार यस्तो व्यवस्था गर्न राजी भएको उल्लेख छ । यो विषय नेपालको मन्त्रिपरिषदबाट पारित भइसकेको दाबी पनि समाचारमा गरिएको छ ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture