भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
नयाँ शक्ति नेपालका भट्टराई सहित,विभिन्न पार्टीबाट करिब ६ हजार एमाले प्रवेश
काठमाडौं ५ वैशाख । नेकपा (एमाले)ले राष्ट्रियताका पक्षमा बलियो अडान लिएको भन्दै पछिल्लो समय विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेको लहर चल्न थालेको छ । मंगलबार मात्रै पनि नयाँ शक्ति पार्टी परित्याग गरी निर्मल भट्टराई, मोहन बम, आदित्य झा ,एलपी सावन ,प्रकाश भट्टराई, नवीन साह ,राजकुमार धुजु लगायत ६ हजार १ सय २ जना एमाले प्रवेश गरेका छन् ।
प्रज्ञा भवन कमलादीमा आयोजित केन्द्रीय सम्पर्क भेलामा त्यतिको सङ्ख्यामा एमाले प्रवेश गरेका हुन् । त्यसैगरी उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरमका केन्द्रीय सदस्यहरु गणेश घिमिरे र गणेश भट्ट पनि एमाले प्रवेश गरेका छन् ।
त्यसैगरी माओवादी केन्द्रका पनि दर्जनौ एमाले प्रवेश गरेका छन् । विभिन्न पार्टी पत्यिाग गरी एमाले प्रवेशको लहर निरन्तर चलिरहेको छ। यसले वैशाख ३१ को स्थानीय निर्वाचन एमालेमय बन्दै गएको छ ।
साभार :- लाइट नेपाल बाट
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment