• Breaking News

    Friday, April 21, 2017

    आमिर खानले अडिसनबाटै फाले सारालाई, आमा छोरीको मुडअफ

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    आमिर खानले अडिसनबाटै फाले सारालाई, आमा छोरीको मुडअफ

    बलिउड डेब्यूको तयारीमा रहेकी सैफ अली खानकी छोरी सारालाई गतिलो झट्का लागिको छ । उनी एउटा फिल्मको अडिसनबाट फालिएकी छिन् । त्यो पनि चानचुने फिल्म होइन ।
    त्यसो त साराले करण जौहरले बनाउने फिल्म ‘स्टुडेन्ट अफ द इयर’ बाट बलिउड डेब्यू गर्ने पक्का भइसकेको छ । तर, उनकी आमा अमृता सिंह चाहन्छिन् कि छोरीले ठूला स्टारसँग काम गरुन् । त्यसैले उनले आमिर खानको फिल्म ‘ठग्स अफ हिन्दोस्ता’ मा अडिसनका लागि सारालाई पठाएकी थिइन् ।
    तर, आमिर खानले सारालाई पत्याएनन् । ‘तिम्रो फिल्म खेल्ने बेला भएको छैन’ भन्दै घर फर्काइदिए । यसबाट साराका आमाछोरीको मुडअफ भएको छ ।
    यसअघि साराले आफ्नो पहिलो फिल्ममा तीन विकिनी सिन दिने चर्चा चलेको थियो । तर साराकी आमा अमृताले सो चर्चाको खण्डन गरेकी छिन् । उनले भनेकी छिन् कि सारा प्रदर्शनको बलमा होइन, आफ्नो अभिनयबाट चिनिनेछिन् । -एजेन्सी
    (२०७४ वैशाख ७ गते २०:०४मा अद्यावधिक गरिएको)

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture