• Breaking News

    Wednesday, April 12, 2017

    अन्तर्राष्ट्रिय विमानस्थलमा महिलाको गुप्ताङ्गमा फेला पर्‍यो कसैले नसोचेको पदार्थ

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    लागू औषध नियन्त्रण ब्यूरो तथा महानगरीय प्रहरी अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्ड गौचरणको संयुक्त टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको प्रस्थान कक्षबाट अवैध लागूऔषध चरेससहित दुई जना टर्किस नागरिकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा कतार एयरलाइन्सको उडान मार्फत कतार हुँदै टर्की जान लागेकी टर्किस नागरिक राहदानी नम्बर यु१३९६३८०८ बाहक २४ वर्षीया सुसोए सिलेन र अर्का टर्किस नागरिक राहदानी नम्बर यु१३९६४८७० बाहक २९ वर्षीय इरगुने केमल रहेका छन् । राजधानी दैनिकले समाचार छापेको छ ।


    चेकजाँचको क्रममा निज सिलेनले लगाएको ब्राभित्र सेतो पातलो प्लाष्टिकले बेरेको अवस्थामा लागूऔषध चरेस ४८.५ ग्राम र उनले लगाएको पेन्टीभित्र गुप्तांगको भागमा पातलो सेतो प्लाष्टिकले बेरेको अवस्थामा लागूऔषध चरेस २५३.५ ग्राम गरी जम्मा ३ सय २ ग्राम चरेश बरामद भएको थियो ।

    त्यसपछि प्रारम्भिक सोधपुछ तथा अनुसन्धान गर्दा केमल समेतले सँगै खरिद गरेको भनी खुलाएकीले विमानस्थल प्रस्थान कक्षभित्रको अन्तिम गन्तव्य कक्षमा फेला पारी केमललाई समेत प्रहरीले पक्राउ गरेको हो ।

    केमलले स्टेरलाईज्ड क्षेत्रभित्र रहेको फोहर फाल्ने डस्टबिनमा चरेश फालेको खुलाएपश्चात मंगलबार फोहर फाल्ने डस्टबिनबाट सेतो पातलो प्लाष्टिकले बेरेको अवस्थामा लागू औषध चरेस १ सय ५९ ग्राम बरामद भएको छ ।

    लागू औषध नियन्त्रण ब्युरोका निमित्त प्रमुख एसएसपी धिरु बस्न्यातले उनीहरु उपर लागू औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम मुद्दा दर्ता भई थप अनुसन्धान भइरहेको बताए ।

    एसएसपी बस्न्यातले विशेष सक्रियताका साथ निज विदेशी अभियुक्तहरुको विगतमा हुन सक्ने आपराधिक गतिबिधि बारेमा बुझ्न सम्बन्धित देश र अन्तर्राष्ट्रिय स्तरका लागु औषध अनुसन्धान सरोकार निकायहरु इन्टरपोलमा समेत आवश्यक समन्वय गरिएको बताए ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture