• Breaking News

    Wednesday, April 26, 2017

    मोदीको फोन आएपछि हौसिए प्रचण्ड, एमालेको विरोधको गरेनन मतलब

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    मोदीको फोन आएपछि हौसिए प्रचण्ड, एमालेको विरोधको गरेनन मतलब  

     काठमाडौं, १३ बैशाख । प्रचण्डले लाख प्रयत्न गरे, आफू पछि–पछि परराष्ट्रमन्त्रीदेखि राष्ट्रपतिसम्मलाई निर्वाचनमा सहयोग र समर्थन गर्न भारतमाथि आग्रह गरिरहे । भारतले बाल टेरेन । भारतले जहिले पनि भनिरह्यो– सबैलाई मिलाएर निर्वाचन जानु उपयुक्त हुन्छ । सबैलाईको मतलव थियो– मधेसी दलहरुलाई पनि मनाएर निर्वाचनमा जानुपर्छ । मधेसी मोर्चा पहाड र मधेस अलग गराउन र मधेसी जनसंख्याको आधारको प्रतिनिधित्व, हिन्दी भाषा र अंगीकृतले पनि प्रधानमन्त्री बन्न पाउने अधिकार खोजिरहे, यसैका लागि खोचे थापिरहे ।


    यसका लागि लज्जाहीन तरिकाले प्रधानमन्त्रीले संविधान संशोधन प्रस्ताव लगे, फिर्ता लिए र फेरि पनि संसदमा पेश गरेका छन् । मधेसीको माग अनुसार स्थानीय निकायको संख्या थप्न र दुईचरणमा निर्वाचनको निर्णय पनि गरिसके ।

    अव भने मधेसी मोर्चाको धेरै माग पूरा हुने भयो भनेपछि…वैशाख १२ गते अचानक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको फोन आयो र नेपाललाई जस्तोसुकै सहयोग गर्न तैयार रहेको आश्वासन दिए । त्यस्ता आश्वासन दिइरहदा ५ दलको बैठकमा बसिरहेका प्रधानमन्त्री दाहाल हाँसिरहे, हस्साव भन्ने शैलीमा मुण्टो र कुम हल्लाई रहे । नेपालका प्रधानमन्त्रीको हैसियतसमेत उनले बिर्सिए ।

    यथार्थमा भारतीय दूतावासको कन्फरेन्स कलमार्फत मोदी र दाहालको कुरा गराइएको थियो । कुरा गरिसकेपछि प्रधानमन्त्रीले भारतको शुभेच्छा आयो भनेर खुशी व्यक्त गरेको देखियो ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार अनुसार ‘दलहरुबीच निर्वाचनका बारेमा विवाद थियो, तपाईंले कुशलतापूर्वक त्यसको म्यानेज गर्नुभयो’ सबै दललाई एकै ठाउँमा ल्याएर निर्वाचनको वातावरण बनाउन सक्नु तपाईंको सफलता हो ।’ मोदीले भनेका थिए ।यथार्थमा मधेसी दलहरु दूतावास पुगेर प्रधानमन्त्री भेट्न पुगेपछि यो कुरा भएको थियो ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture