• Breaking News

    Monday, April 24, 2017

    यिनै हुन यातायातकाे ५७ कराेड हिनामिना गर्ने मुख्य अभियुक्त , जस्ले घरमै बनाए बार अनी डिस्काे : श्रीमती मात्रै तिनजना

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

     यिनै हुन यातायातकाे ५७ कराेड हिनामिना गर्ने मुख्य अभियुक्त , जस्ले घरमै बनाए बार अनी डिस्काे : श्रीमती मात्रै तिनजना

     इटहरी । सुनसरीकाे इटहरी स्थित कोशी अञ्चल यातायात व्यवस्था सवारी कार्यालयको ५७ करोड राजश्व हिनामिना गर्ने मुख्य अभियुक्त लेखापाल शुरेस अधिकारीकाे निजि सम्पती पनि छानबिनकाे दायरामा परेकाे छ । यस अघि नै सरकारी ढुकुटीमा कुनै रकम जम्मा नभएकाे र ५६ कराेड ५८ लाख रुपैयाँ हिनामिना गरेकाे पुस्टी भएपछि भौतिक पूर्वाधार तथा यातायात ब्यवस्था मन्त्रालयले  यातायात कार्यालय इटहरीका प्रमुखउपसचिव नयराज नेपाल सहित पाँच जनालार्इ निलम्बन गरी छानविन सुरू गरिसकेकाे छ ।


    साधारण सरकारी कर्मचारी भएर अकुत सम्पती कमाएर अालिसान जिवन बिताउदै अाएका इटहरीका अधिकारी भ्रष्ट्रचारीहरूकाे नाइके रहेकाे अनुसन्धानबाट खुलेकाे र उनकाे सम्पति समेत अख्तियारले छानविन सुरू गरेकाे छ । यातायात कार्यालयकाे सामान्य लेखापाल जस्ताे कर्मचारीकाे सम्पति अरबाै रहेकाे भेटिएपछि अख्तियारकाे पूर्वाञ्चल क्षेत्रिय कार्यालय इटहरीले उनकाे बिषयमा बिशेष चासाे दिएर गाेप्य अनुसन्धान सुरू गरेकाे थियाे ।


    इटहरीमा रहेकाे अधिकारीकाे अालिसान भवन जस्लार्इ रानीमहल भन्नेगरेका छन ।
    अनुशन्धानकै क्रममा यातायात कार्यालय इटहरीका लेखापाल शुरेस अधिकारीले इटहरी , बिराटनगर र काठमाण्डाैमा अालिसान बंग्ला ठडयाएकाे फेला परेकाे छ । यतिमात्रै नभएर उनले इटहरी स्थित निवासमा घरभित्रै डान्सवार समेत राखेकाे पाइएकाे छ ।


     कराेडाे रकम घाेटला गरी मुख्य अभियुक्त मानिएका सुरेसकाे श्रीमती मात्रै तिन वटी रहेका अनुशन्धानकै क्रममा भेटिएकाे छ । श्रीमती तिनवटा रहेपनि अहिले सम्म कसैकाे पनि बिवाह दर्ता भने नगरिदिएकाे पाइएकाे छ ।  २ वर्ष अगाडि सरुवा गर्दा पनि जवरजस्ती यातायात कार्यलयमा कोशीमै दादागिरी शैलिमा बस्दै अाएका अधिकारीले योजनाबद्ध रुपमा भ्रष्टाचार गरेको थप अनुसन्धानबाट फेला परेकाे छ ।

    अनुसन्धानपछि अाफु पक्राउ पर्ने डरले अधिकारी इटहरीबाट फरार भइसकेका छन । यद्यपी उनकाे खाेजी कार्य भने भएकाे छैन सम्बन्धित निकाय अख्तियार तथा प्रहरी प्रसाशनले पनि उनिमाथी तत्काल एक्सन लिने या नलिने कुनै निर्णय लिन सकेकाे छैन । अख्तियार पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीका कार्यालय प्रमुख प्रेम प्रसाद भट्टरार्इका अनुसार यातायात कार्यालय इटहरीमा भ्रष्ट्रचार भएकाे ठहर भएकाेले केही दिनअघि कागजपत्र नियन्त्रणमा लिइसकेकाे र मुख्य अभियुक्तकाे पनि पहिचान भइसकेकाे बताउदै कार्वाहीकालागि तयारी थालिरहेकाे बताए ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture