भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
आइजीपी प्रकरणको दोश्रो अध्याय यसरी मञ्चन भयो
११ बैशाख । पौने दश बजे बालुवाटारबाट पक्राउ परेका डीआइजी नवराज सिलवाल सर्वोच्च अदालतबाट रिहा भए ।
प्रकाश अर्यालले आफ्नो आइजीपी पदमाथि कुनै खतरा नआओस् भनेर कीर्ते प्रमाणको आरोप लगाएर डीआइजीलाई हथकडी नै लगाए र हेडक्वार्टरमा नजरबन्दसमेत राखे ।
तर प्रकाश अर्यालको केही लागेन । प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले पछि ठहरे बमोजित हुने गरी रिहा गर्न आदेश दिएकी हुन् ।
अधिवक्ता पूर्णप्रसाद राजवंशीको बन्दी प्रत्यक्षीकरण रिटमा प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले सिलवाललाई सर्वोच्चका रजिस्ट्रारको रोहवर र वरिष्ठ अधिवक्ता शम्भु थापाको जमानीमा आजै थुनामुक्त गरी जहाँ राखिएको भए पनि तुरुन्तै अदालतमा उपस्थित गराउन आदेश दिइएको हो ।
आइजीपी बनेका प्रकाश अर्यालको यो नाटकले उनलाई कति लाभ भयो, यसको लेखाजोखा नवराज सिलवालमाथि लगाइएको कीर्ते प्रमाणका सम्बन्धमा अदालतमा हुने बहस र फैसलाले स्पष्ट पार्ने नै छ ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment