• Breaking News

    Saturday, April 22, 2017

    मुस्ताङ बस दुर्घटनाका घाइतेको उपचार नगर्ने चिकित्सकलाई स्थानीयले ‘पाता’ कसे

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    मुस्ताङ बस दुर्घटनाका घाइतेको उपचार नगर्ने चिकित्सकलाई स्थानीयले ‘पाता’ कसे  

     पोखरा, १० बैशाख – मुस्ताङमा शनिबार भएको बस दुर्घटनाका घाइतेलाई उपचार नगरी फर्काएको भन्दै आन्दोलनरत चिकित्सकलाई स्थानीयले नियन्त्रणमा लिएका छन् ।
     चिकित्सकको आन्दोलनका कारण कागबेनीमा भएको बस दुर्घटनाका घाइते मणिपाल शिक्षण अस्पतालबाट उपचार नपाई अन्यत्रै जानु परेको थियो । गम्भीर अवस्थाका दुर्घटनाका घाइतेलाई उपचार नगरी फर्काइको भन्दै स्थानीय फूलबारी क्लबले अस्पतालका डाक्टरलाई नियन्त्रणमा लिएको हो ।
    शनिबार साझँ अस्पतालको गेट तालाबन्दी गरेको क्लबले आइतबार बिहान आन्दोलनरत डाक्टरलाई नियन्त्रणमा लिएका हुन् । अहिले अस्पताल, आन्दोलनरत चिकित्सक, मानवअधिकारकर्मी र स्थानीय फूलबारी क्लबकाबीच वार्ता चलिरहेको छ । शनिबार नेपाली सेनाको हलिकप्टरमार्फत मनिपालमा उपचारका लागि पु¥याउँदा चिकित्सकको आन्दोलनले घाइतेले मनिपालमा भर्ना नपाएपछि स्थानीय आक्रोशित भएका थिए भने मनिपाललको कडा आलोचना भइरहेको छ । अहिले प्रहरीले शुरक्षा दिएको छ । घाइतेलाई मणिपालले आपतकालीन उपचार दिन अस्वीकार गरेपछि पोखराकै अन्य अस्पताल लैजानुपरेको थियो ।
    मनिपाल पुर्याइएकामध्ये फिस्टेल हस्पिटलमा ९, गण्डकी मेडिकल कलेजमा जिएमसी ४, मेट्रोसिटीमा १ र फेवासिटीमा १ जनालाई पठाइएको थियो । अन्यत्र उपचार हुन नसकेका बिरामीलाई मनिपाल रिफर गर्ने गरेकोमा अहिले आन्दोलनका कारण मनिपालबाटै बिरामी फिर्ता हुनु परेको छ । २ सय ४० दिनभन्दा बढी काम गरेका चिकित्सकलाई स्थायी गर्नुपर्ने, समय सापेक्ष तलब बढाउनुपर्ने र सार्वजनिक बिदाको दिनका काम गरेवापत सट्टा बिदा पाउनुपर्ने माग राख्दै चिकित्सकले काम रोकेका हुन् । मुस्ताङको कागबेनीमा तीर्थयात्रु बोकेको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३० यात्रु घाइते छन् ।
    दिउँसो साढे १२ तिर मुस्ताङको बाह्रगाँउ मुक्तिक्षेत्र गाउँपालिका ४ कागवेनीमा बस दुर्घटनमा परेको हो । जोमसोम मुक्तिनाथ सडकखण्डमा मुक्तिनाथबाट जोमसोम तर्फ आउँदै गरेको ना ५ ख ६०६७ नम्बरकोको बस दुर्घटना भएको हो । ३ जनाको घटनास्थल र उपचारका क्रममा २ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा ललितपुरको महालक्ष्मी नगरपालिका २ ईमाडोलका ५५ वर्षीय लीला खडका, सोही नगरपालिका ८ की सीता तिमिल्सिना, काठमाण्डु महानगरपालिका– ३५ का ५५ वर्षीय भोला अधिकारी, सोही महानगरपालिका ३२ का ४५ वर्षीय पुरुषोत्तम ढकाल र काडमाण्डु– ३ की ७० वर्षीय कान्ती खड्का छन् ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture