भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
राष्ट्रपतिको स्वागत मञ्चस्थलमै चाउचाउको विज्ञापन राखेपछि
दिल्लीस्थित दूतावासमा विवाद
राष्ट्रपतिको सम्मानमा बारम्बार रोडस्थित दूतावास परिसरमा मञ्च बनाएर स्वागत कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा भारतीय व्यवसायीको छाता संगठन एभरेस्ट चेम्बर अफ कमर्सद्वारा प्रायोजित ब्यानर दूतावासको मुख्यद्वारदेखि वरिपरिको वालमा टाँगिएको थियो । दूतावासको स्वीकृति लिएर सो ब्यानर टाँगिएको थियो । त्यसैगरी, वाइवाइ चाउचाउको ब्यानर पनि दूतावास परिसरको स्वागत मञ्चस्थलमा टाँगिएको थियो । यो ब्यानर राख्न दिएकोमा प्रवासी नेपालीले विरोध जनाएका थिए ।
मुलुकको राष्ट्रपतिको भ्रमणलाई व्यावसायिक बनाउन खोजिएको भन्दै उनीहरूले विरोध गरेका थिए । यो कदमको विरोधमा एमाओवादीको भ्रातृसंगठन अखिल भारतीय एकता मञ्चका सदस्यले कार्यक्रम बहिष्कार गर्ने चेतावनी दिएका थिए । ‘यसरी राष्ट्रपतिको स्वागतमा कुनै संघसंस्था तथा प्रोडक्टलाई विज्ञापन गर्न दिनु, ब्यानर नै लगाउनु गलत हो,’ प्रवासी नेपाली संघ भारतका केन्द्रीय अध्यक्ष लोकनाथ भण्डारीले भन्नुभयो । प्रवासी नेपाली संगठनले दूतावास अधिकारीसँग निकै चर्को विरोध गरेपछि यी ब्यानर हटाइएको थियो ।
नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डे, प्रवासी नेपाली संघका अध्यक्षलगायत केन्द्रीय सदस्य गोपाल थापालगायतको पहलमा ब्यानर हटाइएको थियो । अन्नपुर्ण पोष्टमा खबर छ ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment