• Breaking News

    Sunday, April 23, 2017

    राष्ट्रिय जनता पार्टीले चुनाव चिन्ह छाता नपाउने, उम्मेद्वारी दर्ता गराउने समय दुई दिन थप

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    राष्ट्रिय जनता पार्टीले चुनाव चिन्ह छाता नपाउने, उम्मेद्वारी दर्ता गराउने समय दुई दिन थप

     काठमाडौं । निर्वाचन आयोगले केही दिन अगाडि एकीकरण भएर बनेको राष्ट्रिय जनता पार्टीलाई नयाँ चुनाव चिन्ह दिन नसकिने जनाएको छ। ६ वटा मधेस केन्द्रित दल मिलेर बनेको राष्ट्रिय जनता पार्टीले नयाँ चुनाव चिन्ह नपाउने आयोगले स्पष्ट पारेको हो।

    सोमबार विहान प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन आयोगका पदाधिकारी र मधेसी मोर्चाका नेताहरुसँग परामर्श गरेका थिए। सो बैठकमा आयोगले स्थानीय तहको निर्वाचनमा नयाँ गठन भएको राजपालाई नयाँ चुनाव चिन्ह दिन नसकिने जनाएको हो।

    नयाँ गठन भएको राजपाले आफ्नो चुनाव चिन्ह छाता राखेको छ। तर आयोगले समयाभावका कारण नयाँ चिन्ह दिन नसकिने जनाएको बैठकमा सहभागी राजपा नेता केशव झाले जानकारी दिए।

    अब स्थानीय तहको निर्वाचनमा राजपाले यसअघि नै आयोगले दिएको पुरानै चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिनुपर्ने छ। आयोगले तराईमा दोस्रो चरणमा निर्वाचन हुने भएपनि मतपत्र छाप्न दुई महिना लाग्ने भएकाले तत्काललाई नयाँ चुनाव चिन्ह प्रदान गर्न संभव नहुने जनाएको हो। 

    यसैगरी बैठकले  उम्मेद्वारी दर्ता गराउने समय दुई थप गर्ने सहमति गरेको छ।  वैशाख ३१ गते हुने पहिलो चरणको निर्वाचनकालागि वैशाख १८ गते उम्मेदवारी दर्ता गराउने समय दिन निर्वाचन आयोग सहमत भएको हो।  

    यसअघि आयोगले उम्मेद्वारी दर्ताकालागि वैशाख १६ गतेको समय दिएको थियो। प्रधानमन्त्री, आयोग पदाधिकार र मधेसी मोर्चाका नेताहरुबीचको बैठकले उम्मेद्वारी दर्ताकालागि दुई दिन थप गर्ने निर्णय गरेको हो।

     निर्वाचन आयोगको आफ्नो अन्य तयारीलाई यथावत् राख्ने निर्णय गरेको छ। दोस्रो चरणको निर्वाचनका लागि दल दर्ताको व्यवस्था गर्ने तर तत्काल कानून संशोधन सम्भव नभएकाले नयाँ चुनाव चिन्ह र मत पत्र छापेर निर्वाचन गर्दा निर्वाचन प्रभावित हुने भएकाले चुनाव चिन्हसम्बन्धि व्यवस्था निर्वाचन आयोगले तोकेबमोजिम हुने निर्णय पनि बैठकले गरेको छ।

    बैठकमा जेठ १५ मा बजेट ल्याउने संवैधानिक व्यवस्थाले निर्वाचन आचारसंहिता आकर्षित हुने भएकाले बजेटलाई केही समय पर सार्ने विषयमा पनि कुराकानी भएको थियो। सोमबारको बैठकसँगै निर्वाचनसँग सम्बन्धित सम्पूर्ण अन्यौल हटेको प्रमूख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले जानकारी दिए।

    आयोगसँगको छलफलपूर्व सरकार र संघीय गठबन्धनमा आवद्ध दलहरुबीच छलफल भएको थियो । सरकार र गठबन्धन बीचको बैठकले संविधान संशोधन र निर्वाचनबारे गरिएको सहमति महत्वपूर्ण भएको निष्कर्ष निकाल्दै केही दिन भित्रै राष्ट्रिय सहमतिको दस्तावेज बनाएर हस्ताक्षर गर्ने निर्णय पनि गरेको छ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture