नेपालबाट मधेस छुट्याउने महन्थ ठाकुरले दिए यस्तो चेतावनी
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले राज्यको विभेदकारी रवैया नसुध्रिए नेपालबाट मधेस नै गुम्ने खतरा आउन सक्ने बताएका छन्। बाराको प्रसौनीमा सोमबार तमलोपा बाराको चार नम्बर क्षेत्रीय कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा ठाकुरले भने,‘ मधेस आफैंमा राष्ट्र हो । मधेसविनाको नेपाल कल्पना गर्न सकिन्न, तर सरकारी रबैयाले अहिले मधेसी गुमाइसकेको अवस्था छ। यस्तै विभेदको अवस्था रहिरहे मधेस नै गुम्न सक्ने अवस्था आउन सक्छ।’
No comments:
Post a Comment