भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
अमेरिकालाई टक्कर दिने मुडमा रुस, तेस्रो विश्व युद्धको संकेत
काठमाडौं, २८ चैत । सिरियामा केमिकल हमलापछि अमेरिकाले गरेको मिसाइल आक्रमण पछि विश्व शशंकीत बनेको छ । अमेरिकाको यो कदम पछि रुस आक्रोशित बनेको छ ।आक्रोशित बनेको रुसले अमेरिकालाई आगमी दिनमा यस्तो कदम नचाल्न चेतावनी दिइरहेको छ । अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार रुसले अमेरिकालाई टक्कर दिने तयारीमा जुटेको छ ।यसैका लागि रुसले आफ्नो क्रुज मिसाइल जडित लडाुक विमान सिरियाको बन्दरगाहमा तैनाथ गर्न आदेश गरेको छ । यो भन्दा पहिले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियामा जमिनबाट हावामा मार हान्न सक्ने मिसाइल तैनाथ गर्ने आदेश दिएका थिए ।
आइतबार इदलिबमा हवाई हमला
मेमिकल हमला पछि सिरियाको उत्तर पश्चिम प्रान्त इदलिबमा हवाई हमला भएको छ । यो हमलामा ५ बच्चा सहित १८ जनाको ज्यान गएको बताइएको छ । यो हमलाई रुसले गराएको बताइएको छ । सिरियाका यो इलाकाका विद्रोहीको कव्जामा छ । सोही कारण सिरियाली सरकारको समर्थनमा रुसले हमला गरेको बताइएको छ ।
केमिकल हमलामा सयको मृत्यु
इदलिबमा केमिकल हमलामा लगभग १०० जनाको ज्यान गएको थियो । हमलाको शिकार बनेका जुम्लिया बच्चाको शवको फोटो भाइरल भएको थियो । यस पछि अमेरिकाले सिरिया सरकारको ठेगान लगाउन भन्दै ६० बढी मिसाइल आक्रमण गरेको थियो । आक्रमणपछि अमेरिकाले आवश्यक परे पछि पनि यस्तो कारबाही गर्ने बताएको थियो ।
तेस्रो विश्व युद्धको संकेत
सिरियामा केमिकल आक्रमण पछि अमेरिकाले गरेको मिसाइल आक्रमणपछि विश्वभर तनाव उत्पन्न भएको छ । सिरिया सरकार, रुस, इरान र चीनले अमेरिकी हमलाको कडा आलोचना गरेका छन् ।
जबकी जर्मनी, फ्रान्स, साउदी अरब, अष्ट्रिलिया, ब्रिटेन, इजराइल र टर्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन गरेको छ । विश्लेषकहरुले सिरिया तनाव तेस्रो विश्व युद्धको संकेत भएको बताउन थालेको अन्तराष्ट्रिय संचार माध्यमहरुले लेखेका छन् ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment