• Breaking News

    Monday, April 17, 2017

    विश्वकै सबैभन्दा मोटी महिलाको तौल घट्यो तर हिँड्न भने असमर्थ !

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

     
    विश्वकै सबैभन्दा मोटी महिलाको तौल घट्यो तर हिँड्न भने असमर्थ !
    एजेन्सी । विश्वकै सबैभन्दा मोटी महिला इमान अहमद अहिले भारतको मुम्बईमा छिन् । उपचारकै सिलसिलामा उनलाई इजिप्टबाट भारत ल्याईएको हो ।

    २५ वर्षदेखि ओछ्यानमा थला परेकी इमानलाई उपचारको लागि भारतको सैफी अस्पतालमा राखिएको छ । उक्त अस्पतालका चिकित्सक उनको वजन कम गर्न सफल भएका छन् । तर यो सफलताले खुशी भने दिएको छैन । इमानको वजन त कम भयो तर उनी हिँड्न भने सक्दैनन् ।

    चिकित्सकका अनुसार लामो समयदेखि थला परेकै कारण उनको मसल्स निकै कमजोर भइसकेको छ, त्यसैले उनी आफैँ हिँड्न सक्ने सम्भावना छैन ।

    उनको उपचारमा खटिएका चिकित्सक मुफज्जल लकडावालाले बताएका छन्- 'इमानको मोटोपन सम्बन्धि सबै उपचार समाप्त भईसकेको छ । अब जुन समस्या छ त्यो न्यूरोलोजीसँग सम्बन्धित छ । '

    चिकित्सकका अनुसार इमान अब थोरै झुक्न र बस्न सक्छिन् तर हिँड्न भने सक्दिनन् । ११ वर्ष पहिले इमानलाई प्यारालाईसिस भएको थियो । जसको कारण उनी अहिले हिँड्न सक्दिनन् । यद्यपी उनी बसेर इजिप्ट भने फर्किन सक्ने चिकित्सकले दाबी गरेका छन् ।

    विगत दुई महिनादेखि उपचाररत इमानको तौल ४९८ केजीबाट घटेर २५० केजी पुगेको छ । सिटी स्क्यान मेशिनमा अझै फिट नभएकी इमानको अझै ५० किलो तौल कम गर्ने योजनामा चिकित्सक रहेका छन् ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture