• Breaking News

    Thursday, April 13, 2017

    अनारले हुन दिदैन मुटु सम्बन्धि यस्ता रोगहरु(बैज्ञानिक कारण सहित)

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    अनारले हुन दिदैन मुटु सम्बन्धि यस्ता रोगहरु(बैज्ञानिक कारण सहित)

    चिल्लो पदार्थका कारण धमनी साँघुरीदे जादा मानिसको मृत्यु पनि हुन सक्दछ । यसलाई एथेरोसक्लेरोसिस पनि भनिन्छ । हालै एक जर्नलमा प्राकाशित एक अध्ययनले अनारको प्रयोगले यस रोगबाट संरक्षण गर्ने र सामान्य प्याथोलोजीसंग सम्बन्धित रोगहरु विरुद्ध लड्ने जनाएको छ । मुसामा गरिएको अध्ययनमा धमनी बन्द भएका मुसाहरुमा पानीसंग दुई हप्तासम्मा अनार खान दिएको थियो ।

    जसले कोलेस्ट्रोलको तह बढायो जुन कम घनत्वका लिपोप्रोटिन साईजसंग सम्बन्धित थियो, त्यस उपचारले धमनीहरुको दुबै मुखहरु खोल्न पुग्यो र धमनी खुल्ला गर्दै लग्यो । यसरी अनारको प्रयोगले मुटुका धमनीहरु सफा र खुला राख्ने कुरा अध्ययनकर्ताहरुले पत्ता लगाए । यसबाट नै अध्ययनकर्ताहरुले निम्न फाईदाजनक प्रभावहरु प्राप्त गर्न सफल भए ।

    १. अक्सिडेभिट स्थितिको तहलाई घटाउन सफल भएको ।

    २. नली तथा धमनीहरुमा घाउखटिरा निर्माण गर्ने मोनोसाईटिक केमोट्याक्टिक प्रोटिन–१ लाई कम गर्न सफल ।

    ३. हृदयका अंगहरुमा चिल्लोपदार्थ जम्मा हुने प्रक्रियालाई कम गर्ने ।

    ४. हृदयमा वृहत रुपमा नछानिने पदार्थहरुको प्रक्रिया घटाउन ।

    ५. हृदयका अंगहरु अनावश्यक बृदि हुन रोक्न ।

    ६.इ.सी.जी.का समस्याहरुलाई कम गर्न ।

    नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture