• Breaking News

    Wednesday, April 19, 2017

    मधेसी जनताको नममा राजनीति गर्दै आएका उपेन्द्र यादव ‘डलरवादी’को कब्जामा

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    मधेसी जनताको नममा राजनीति गर्दै आएका उपेन्द्र यादव ‘डलरवादी’को कब्जामा 

     वैशाख ०७,काठमाडौं। मधेसी जनताको नममा राजनीति गर्दै आएका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव डलरवादी जनजाति नेताहरूको कब्जामा पुगेको आरोप छ । विशेष गरेर आङकाजी शेर्पासहितका नेता जो पश्चिमा र अमेरिकन पैसामा हाली मुहाली गर्छन् उनीहरूसँग यादवको अलिक धेरै हिमचिम बढेको हो । शेर्पासँग एक वर्ष अगाडि क्रुद्ध भएका यादव आजकाल नजिकिएको स्रोतको भनाई छ । शेर्पामाथि अमेरिका र पश्चिमा राष्ट्रहरूको पैसा लिएर फ्रि तिब्बतको आन्दोलनमा सहयोग गरेको आरोप छ ।

    स्रोतका अनुसार शेर्पाले यादवलाई फ्रि तिब्बतको गतिविधिमा लगाउने अत्याधिक प्रयास गरेका छन् । तर, बेइजिङसँग राम्रो सम्बन्ध बनाएका यादवले शेर्पाको फ्रि तिब्बतको आन्दोलनमा खासै साथ दिएका भने छैनन् । शेर्पासहितका केही सीमित नेताहरूसँग रकम लिएर पार्टी सञ्चालन गर्दै आएका यादवलाई बेइजिङबाट रकम आउने गरेको पनि आरोप छ । भारतसँग अध्यक्ष यादवको खासै राम्रो सम्बन्ध छैन । आजको यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।


    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture