भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
जेठ ३१ गतेको निर्वाचन नमान्ने र संविधान संशोधनको विपक्षमा भोट हाल्ने एमालेको निर्णय
भक्तपुर, ११ बैशाख । नेकपा एमालेले दुई चरणमा चुनाव गर्ने सरकारी निर्णयलाई अस्विकार गरेको छ । बैशाख ३१ गतेनै देशभर एकैसाथ स्थानीय तहको चुनाव हुनुपर्ने अडान लिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सोमबार सम्पन्न स्थायी कमिटी बैठकले बैशाख ३१ गते नै देशभर एकैसाथ चुनाव हुनुपर्ने निर्णय गरेको पार्टी सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
एमालेले जेठ ३१ गते निर्वाचन गर्नु भनेको देशलाई अस्थिरता तर्फ धकेल्ने प्रयास भएको आरोप समेत लगाएको छ । यस्तै जेठ ३१ गते अघि नै बजेट ल्याएर दोस्रो चरणको निर्वाचन प्रभावित पार्ने सरकारी खेल रहेको आरोप लगाउँदै एमालेले बजेट रोकिएको अवस्थामा भने दोस्रो चरणमा पनि निर्वाचन गर्न सकिने संकेत गरेको छ ।
भट्टराईले जेठ ३१ को निर्वाचनले मत परिणामलाई तलमाथि पार्ने प्रयास गरिएको आरोप लगाउँदै बजेटले निर्वाचनको वातावरण बिथोलिने बताए ।
यस्तै एमालेले संविधान संशोधन प्रस्ताव थप पश्चगामी भएको ठहर समेत गरेको छ । सरकारले मोर्चाको आन्दोलनरत मधेसी मोर्चाको माग सम्बोधन गर्दै दुई चरणमा चुनाव गर्ने तथा संविधान संशोधन प्रस्ताव परिमार्जनसहित संसदमा लैजाने मोर्चासँग सहमति गरिसकेको अवस्थामा एमालेबाट यस्तो निर्णय आएको हो ।
एमाले बैठकले संविधानको धारा २७४ लाई समाप्त पार्न खोजिएको भन्दै देशको निकासको लागि भन्दा पनि सत्ता साझेदारीका लागिमात्रै मधेसी मोर्चाबीच सहमति भएको आरोप लगाउँदै त्यो कुनै पनि हालतमा आफूलाई अमान्य हुने जनाएको छ ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment