भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
म्याड्रिड, वैशाख ११ – एकपछि अर्को किर्तिमान तोड्दै नयाँ बनाउँदै आएका लियोनेल मेस्सीले फेरि अर्को किर्तिमान आफ्नो नाममा लेखेका छन् ।
आइतबार राती दुई गोल गर्दै ला लिगाको क्लासिकोमा सर्वाधिक गोलकर्ता बनेका छन् ।
अल्फ्रेडो डि स्टेफानोको १४ गोलको किर्तिमानलाई पछि पार्दै उनले यो किर्तिमान बनाएका हुन् ।
सबै क्लासिकोहरुमा भने उनको गोलसंख्या २३ पुगेको छ । १९ वर्षको उमेरमा उनले सन् २००७ मा क्लासिकोमा पहिलो गोल गरेका थिए ।
खेलमा मार्सेलोसँग जुधेपछि रगताम्मे बनेका मेस्सी मुखमा ब्यान्डेज च्यापेर खेल्न बाध्य बनेका थिए ।
बल खोस्ने क्रममा मार्सेलोको कुहिनाले मुखमा लागेपछि उनी रगताम्मे हुँदै मैदानमा लडेका थि ए । टेलिभिजनमा उनको मुखबाट रगत बगिरहेको प्रष्ट देख्न सकिन्थ्यो ।
तर, उनले खेल जारी राख्दै क्लासिकोको निर्णायक गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण जीत दिलाए ।
योसँगै उनले सबै प्रतियोगितामा बार्सिलोनाका लागि सबै प्रतियोगितामा ५ सयौँ गोल पूरा गरेका छन् ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |




No comments:
Post a Comment