• Breaking News

    Saturday, April 22, 2017

    युएईमा कार्यरत महिलाले भने – फर्किन नपाउने भए हामी कसरी नेपाल जाने ?

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    युएईमा कार्यरत महिलाले भने – फर्किन नपाउने भए हामी कसरी नेपाल जाने ?

     युएई, वैशाख ९ – युएईमा कार्यरत नेपाली महिलाले घरेलु काममा आउनेलाई नरोक्न माग गरेका छन् । शुक्रबार युएईका लागि नेपाली कार्यवाहक राजदूत नेत्रबहादुर टन्डनलाई भेटेर युएईमा नेपाली महिलाको अवस्थाका बारेमा जानकारी गराएका हुन् ।
    युएई नेपाली एकता समाजको नेत्रित्वमा महिला बिभाग अन्तरगत यहाँ कार्यरत महिलाहरुले सरकारको पछिल्लो निर्णयका कारण आफूहरु विदामा नेपाल जान समेत नसकेको बताएका थिए । महिला बिभाग प्रमुख सावित्रा घिमिरेले नेपाल गएपछि फेरि आउन नदिएको प्रति विरोध गर्दै निर्णय सच्याउन माग गर्नुभयो ।

     उहाँले भन्नुभयो, ‘वैदेशिक रोजगारी वाध्यता हो, वैधानिक बाटो बन्द गरेर अवैधानिक बाटोबाट आउन बाध्य नपारियोस् ।’ घर विदामा गएर फर्किने महिला शोषणमा नपरेकै कारण फर्किने भएकाले श्रम स्वीकृति नरोक्न उनीहरुको जोड छ ।
    ‘सबैको पारिवारिक अवस्था बलियो हुँदैन, बाध्यताले विदेशिका महिलालाई हेपाहा पाराले हेर्ने प्रब्रितिनै गलत छ, हाम्रो कमाईले घर चलेको छ, बालबच्चा पढ्न पाएका छन्’ महिलाहरुले आक्रोस पोखे – ‘पुरुष विदेस आउँदा लाहुरे हुने, महिला आउँदा चरित्र हिन् हुने ?’
    घरेलु कामदार निर्देशिका अनुसार प्रक्रिया पुगेका महिलालाई पनि रोक्न थालेपछि फेरि फर्किन नपाउने डरले घर जान नसकेको महिला प्रतिनिधि सरस्वती पौडेलले गुनासो गर्नुभयो ।

    दूतावास मार्फत ज्ञापन पत्र
     
    युएई नेपाली एकता समाजले घरेलु महिला कामदार तथा अन्य बिषयमा दुतावास मार्फत सरकारी निकायमा ज्ञापनपत्र बुझाएको छ । समाजका अन्तरास्ट्रिय सदस्य कृष्ण केसी, महासचिव धनसिं पुलामी मगर, शिवराज जैसी लगायतले दूतावासको ध्यानाकर्षण गराउनु भएको थियो ।

    ज्ञापनपत्रमा घरेलु कामदारको रुपमा विदेश आउने वैधानिक बाटो नरोक्न, दुबईमा कन्सुलेट राख्न लगायत प्रवासी कामदारको हितका विषयमा माग गरिएको छ । टोलीले दुतावासको सेल्टरमा रहेका महिलाहरुसित भेटेर जानकारी लिएको थियो ।
    कार्यबाहक राजदुत नेत्रबहादुर टन्डनले ज्ञापनपत्र बुझाउन पुगेको टोलीलाई सरकारको पछिल्लो निर्णयले महिलाको अधिकार मात्रै नखोसिएको भन्दै युएईसँगको सम्बन्धमै असर पुग्ने बताउनुभयो । यसका लागि आफूले निरन्तर पहल गरिरहेको टन्डनले जानकारी गराउनु भयो ।

    साभार :- उज्यालो अनलाइन 

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture