• Breaking News

    Thursday, April 13, 2017

    विस्केट जात्राको लिङ्गो भाँचिदा एकको मृत्यु, पाँच घाइते

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


     विस्केट जात्राको लिङ्गो भाँचिदा एकको मृत्यु, पाँच घाइते

    भक्तपुर, ३१ चैत । भक्तपुरमा मनाइने बिस्केट जात्राको लिङ्गो उठाउने क्रममा लिङ्गो भाँचिदा एकजनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा अन्दाजी ३४ वर्षजतिका व्यक्ति भएको र उनको पहिचान हुन नसकेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले बताउनुभयो ।लिङ्गो भाँचिएर घाइते भएलगत्तै भक्तपुर अस्पताल ल्याइए पनि अस्पताल ल्याउनुअघि नै उनको मृत्यु भएको थियो ।

    घाइते हुनेमा सूर्यविनायक–६ का सुमन तज, च्यामासिंहका रामकृष्ण दुवाल, भक्तपुर नपा–११ का बालकृष्ण लिला, कमलविनायकका कृष्णभक्त दुवाल र नासमनाका सुरेन्द्र कैती रहेको उहाँले जानकारी दिनुभयो ।

    आज साँझ भक्तपुर नगरपालिका भेलुखेलस्थित ल्यासिंखेलमा हजारौँ मानिसको सहभागितामा तान्त्रिक विधिअनुसार ५५ हात लामो ईन्द्रध्वजासहितको लिङ्गो उठाउने क्रममा अचानक भाँचिएको थियो ।

    लिङ्गो भाँचिएपछि स्थानीयले राति १० बजे अर्को लिङ्गो ठड्याएका छन् । स्थानीयका अनुसार लिङ्गो भाँचिनुलाई अपसगुन र अनिष्टको सङ्केतको रुपमा लिने गरिएको छ ।

    गुठी संस्थान भक्तपुरले लिङ्गो भाँचिएमा अर्को लिङ्गो उठाउनका लागि विकल्पको रुपमा दुईवटा लिङ्गो ल्याउने गर्दछ । लिङ्गो भक्तपुरको चित्तपोलस्थिल सल्लाघारी जङ्गलबाट तान्त्रिक विधिअनुसार पूजा गरेर ल्याउने गरिन्छ ।

    चैत मसान्तको दिनमा लिङ्गो उठाएर भोलि नयाँ वर्षदेखि भव्य बिस्केट जात्रा मनाएर साँझ लिङ्गो ढाल्ने परम्परा छ । भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने यो जात्रा आगामी ५ गते सम्पन्न हुने गर्दछ ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture