• Breaking News

    Saturday, April 22, 2017

    मन्दिरभित्र पस्नु अगाडी ‘घण्टी’ किन बजाइन्छ?

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    मन्दिरभित्र पस्नु अगाडी ‘घण्टी’ किन बजाइन्छ?



     बिहानै उठेर अनि स्नान गरेर मन्दिर जाँदा भित्र पस्नुभन्दा अगाडी घण्टी बजाइन्छ त्यसपछि बल्ल भित्र पसेर शान्त मनमा भगवानसँग प्रार्थना गरिन्छ र आश गरिन्छ कि आफुले चाहेको कुरा पुगोस्। मन्दिर पस्नु अगाडी र निस्किसकेपछि एकचोटि घण्टी नबजाएसम्म आफ्नो मनलाई चित्त पनि बुझ्दैन।
    तर सबैको मनमा एउटा प्रश्न खड्किन सक्छ, “घण्टी किन बजाइन्छ? के घण्टी नबजाए पूजा गर्न पाइँदैन?“

    त्यो भन्दा अगाडी एउटा कुरा बुझ्नु जरुरी छ कि ‘हिन्दु’हरूको मन्दिरमा अथवा क्रिश्चियनहरूको चर्चमा राखिने घण्टी कुनै साधारण धातुबाट बनेको हुँदैन। घण्टी बनाउँदा धेरै किसिमका धातुहरूलाई सही मात्रामा मिश्रण गरेर मात्रै बनाइन्छ। क्याडमियम, लिड, कपर, जिङ्क, निकेल, क्रोमियम र म्याङ्गानिजलाई सहि अनुपातमा राखेर सम्मिश्रण बनाइन्छ र उक्त मिश्रणधातुबाटै घण्टीको निर्माण गरिन्छ।

    घण्टी बनाउँदा यस्तो किसिमले बनाएको हुन्छ कि त्यो बज्दा भिन्न किसिमको ध्वनीको कम्पन निस्कन्छ, जसले हाम्रो दुवै कानको सुन्ने शक्तिमा एकता ल्याउँदछ र हाम्रो दायाँ-बायाँ दुवै दिमागलाई सन्तुलन ल्याउँदछ। जब घण्टी बजाइन्छ, तब त्यसले एक तीखो तर टिकाउ ध्वनी निकाल्दछ जुन कम्तीमा पनि ७ सेकेण्डसम्म बजिरहन्छ, यसले मानिसको शरीरमा हुने सात वटै ‘हिलिङ्ग सेन्टर‘ (Healing Center) लाई स्पर्श गर्दछ र शरीरमा छुट्टै किसिमको स्फुर्ती ल्याउँदछ। अनि जब तपाईँले घण्टीको ध्वनी सुन्नुहुन्छ तब तपाईँको दिमागमा भएको सबै नचाहिने कुराहरू हट्दछ र चिन्तामुक्त मन हुन्छ।

    अनि जब तपाईँको दिमागमा नचाहिने कुराको बास हुँदैन, तब तपाईँको दिन त्यसै पनि राम्रो हुन्छ, गर्न चाहेको कुरा सहजै गर्ने क्षमता तपाईँमा आउँदछ।

    ‘घण्टी’को अर्को पनि महत्व छ। कहिल्यै विचार गर्नुभएको छ, घण्टीको आवाजले के भनेको हुन्छ?

    हिन्दु शास्त्रको अनुसार मानिसको शरीरलाई केवल एक ध्वनीले प्रतिनिधित्व गरेको हुन्छ, त्यो हो संस्कृत शब्द ‘‍ॐ’। अनि घण्टीको आवाजले पनि ‘ॐ’ उच्चारण गरिरहेको हुन्छ।

    Nepali Headlines को सहयोग

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture