• Breaking News

    Monday, April 24, 2017

    निर्वाचन आयोगले सार्वजनिक गर्‍यो जेठ ३१ को निर्वाचन कार्यतालिका

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    निर्वाचन आयोगले सार्वजनिक गर्‍यो जेठ ३१ को निर्वाचन कार्यतालिका

     काठमाडौ, बैशाख ११ – निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने औपचारिक निर्णय गरेको छ ।

    आयोगले सरकारको निर्णयअनुसार दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेको हो । आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले पहिलो चरणमा बैशाख ३१ र दोस्रो चरणमा जेठ ३१ मा हुने स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको जानकारी दिए ।

     आयोगको आज बसेको बैठकले दोस्रो चरणको निर्वाचन कार्यतालिका पारित पछि पत्रकार सममेलन गरेर सार्वजनिक गरेको छ ।

    त्यस्तै, आयोगले पहिलो चरणमा हुने निर्वाचनको कार्यतालिका पनि हेरफेर गरेको छ । जसअनुसार बैशाख १६ का लागि तय भएको उमेद्वारी दर्ताको समय १९ गतेलाई तोकेको छ । निर्वाचन चिन्ह वितरण गर्ने कार्य बैशाख १९ गते तय भएकोमा बैशाख २२ गतेलाई सारिएको छ ।

    आयोगले सोमबार सार्वजनिक गरेको दोस्रो चरणको निर्वाचनको कार्यतालिका अनुसार जेठ ३१ का मा हुने स्थानीय निर्वाचनका लागि उमेद्वारको मनोनयन दर्ताको समय जेठ १९ गतेलाई तोकिएको छ ।

    त्यहि दिन बेलुका ५ बजे उमेद्वारको सुचि सार्वजनिक हुनेछ । आयोगले जेठ २० उमेद्वारको उजुरी लिने समय र मनोनयनपत्र जाँच गर्नेछ समय छुट्याएको छ । जेठ २१ गते उमेद्वारको नामावाली प्रकाशन र नामावली फिर्ताको समय सारीएको छ ।

    उमेद्वारको अन्तिम नामावली भने जेठ २२ गते सार्वजनिक गरिने आयोगले जनाएको छ । त्यस्तै आयोगले २२ गते उमेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्ने समय तोकेको छ ।

    पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त अयोधी यादवले पहिलो चरणमा भएको निर्वाचनको मतगणना पछि दोस्रो चरणको निर्वाचन हुने पनि स्पस्ट पारेका छन् । उनले बजेट विकासको महतवपुर्ण पाटो भएकाले बजेट ल्याउन आयोग बाधक नबन्ने समेत जनाए ।

    पहिलो चरणमा बैशाख ३१ गते प्रदेश नम्बर ३,४ र ६ का ३४ जिल्लाका २ सय ९३ स्थानीय तहमा निर्वाचन हुनेछ भने, दोस्रो चरणमा   १,२,५ र ७ प्रदेशमा निर्वाचन हुनेछ ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture