• Breaking News

    Saturday, April 22, 2017

    एटीएम प्रयोग गर्दा यी गल्ती गर्नुहुन्छ ? माफ गर्नुहोला तपाईको पैसा ह्याकरले उडाइदिनेछन् (सबैलाई सेयर गरौँ )

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस



    एटीएम प्रयोग गर्दा यी गल्ती गर्नुहुन्छ ? माफ गर्नुहोला तपाईको पैसा ह्याकरले उडाइदिनेछन् (सबैलाई सेयर गरौँ ) 
     काठमाण्डौ । हाम्रो जस्तो विकासोन्मुख मात्र होइन, विकसित देशमा समेत एटीएम ठगीका ठूला–ठूला काण्डहरु हुने गरेका छन् । तपाईंले एटीएम प्रयोग गर्दा हुने असावधानीको फाइदा यस्ता ठगहरुको गिरोहले उठाइरहेको हुन्छ । हालै मात्र भारतमा ६० लाख डेबिट कार्डमा यस्तै समस्या आयो । एकसाथ ह्याकरहरुले यति ठूलो संख्याका डेबिट कार्ड तथा एटीएमहरुलाई ह्याकको प्रयास गरे ।

    त्यहाँ रातारात एटीएम कार्ड ब्लक गरियो भने ह्याकरहरुबाट सुरक्षित बन्न सकिने खालको एटीएम कार्ड केही बैंकहरुले रिप्लेस पनि गरे । नेपालमा समेत बेला–बेला विदेशी ठगहरुको गिरोह एटीएम ठगीका लागि सक्रिय हुने गरेको प्रहरीले गर्ने कारबाहीबाट खुल्ने गरेको छ । अधिकांश एटीएम प्रयोग भएको समयमा ह्याक हुने गरेको छ । विदेशी एजेन्सीहरुको सहयोगमा हामीले आज तपाईंलाई एटीएमबाट ह्याकरहरुले कसरी ठगी गर्ने गर्छन

    एटीएममा यसरी हुन्छ ठगी

     

    अन्तराष्टिय क्षेत्रका बैंक विज्ञका अनुसार ह्याकरहरुले डाटा चोरी गर्नका लागि कार्ड स्किमिंग, गोप्य क्यामेरा, नक्कली किबोर्डसँगै शोल्डर सर्फर्स जस्ता नयाँ तरिका समेत अपनाउने गर्छन । यस्तो अवस्थामा प्रयोगकर्ताको डाटा चोरी गर्नका लागि हरेक संभव क्षेत्रमा ह्याकरले डिभाइस लगाएर ह्याकिंग गर्ने कोशिश गरिरहेका हुन्छन् । यदि प्रयोगकर्ता सचेत हुने हो भने यस्ता एटीएम काउण्टर प्रयोग गर्नबाट उनीहरु बच्न सक्छन । यो उपायबाट उनीहरु ठगीबाट बच्न सक्छन् ।

    कार्ड स्किमिङ यसरी गर्नुहोस्


    तपाईले एटीएममा जहाँ आफ्नो कार्ड घोट्नुहुन्छ, त्यहाँ ह्याकरले कार्ड रिडर लगाएका हुनसक्छन् । यस्तो अवस्थामा तपाई जब कार्डलाई घोट्नुहुन्छ, तब कार्डको डिटेल ह्याकरसम्म पुग्नसक्छ । यो प्रोसेसलाई कार्ड स्किमिङ भनिन्छ ।

    जुन मेसिनबाट कार्ड स्किमिङ हुन्छ, त्यहाँ कार्ड रिडरको स्पेस निकै चौडा हुने गरेको पाइएको छ । अर्थात, त्यो सामान्य स्पेसको तुलनामा निकै ठूलो हुन्छ । यस्तो अवस्थामा जब तपाईं एटीएम कार्ड एटीएम मसिनमा घोट्नुहुन्छ वा छिराउनुहुन्छ, सो बेला यो कुरालाई निकै ध्यान दिनुपर्ने हुन्छ।

    गोप्य क्यामेराबाट पिन चोरी हुनसक्छ

    ह्याकरले एटीएम पिन वा पासवर्ड चोर्न कयौं पटक एटीएम मेसिनमा हिडेन(गोप्य) क्यामेरा लगाउँछन । यो क्यामेरा स्क्रीनको ठीक माथिल्लो भागमा लगाइएको हुन्छ । यस्तो अवस्थामा पिन लगाउने क्रममै तपाईंको डाटा चोरी हुनसक्छ । त्यसकारण एटीएम प्रयोग गर्ने क्रममा यी कुरालाई विशेष ध्यान दिनुहोस् ।

    स्क्रीनमाथि कुनै सानो प्वाल वा छिद्र पो छ कि भन्ने कुरा एटीएम प्रयोग गर्ने क्रममा ध्यान दिनुहोस् । यदि त्यस्तो प्वाल वा छिद्र देख्नुभयो भने त्यहाँ हिडेन(गोप्य) क्यामेरा लगाइएको हुनसक्छ । ह्याकरहरुले यो कामका लागि निकै सानो छिद्रको समेत प्रयोग गरिरहेका हुनसक्छन् । यस्तो अवस्थामा यो कुरामा विशेष ध्यान दिन आवश्यक छ ।

    यसरी चिन्नुहोस् नक्कली किबोर्ड


    ह्याकरहरुले एटीएममा नक्कली किबोर्डको समेत प्रयोग गरिरहेका छन् । यस्तो किबोर्डबाट उनीहरुले तपाईको पिन नम्बर पत्ता लगाउन सक्छन् । यस्तो किबोर्ड उनीहरुले एटीएममा पहिलादेखि लगाइएको सक्कली किबोर्ड माथि लगाउँछन । जुन एटीएममा यस्तो किबोर्ड लगाइएको हुन्छ, त्यो एटीएम प्रयोग गर्नुुअघि तपाईंले जाँच गर्न सक्नुहुन्छ । यस्तो किबोर्ड प्रयोग गर्ने क्रममा निकै नरम हुन्छ । जबकि एटीएमको सक्कली किबोर्ड धेरै नरम हुँदैन ।

    स्क्रीन नै हुनसक्छ ह्याक !

    कतिपय अवस्थामा ह्याकरहरुले एटीएम सफ्टवेयरलाई ह्याक गरी स्क्रीनमा भ्रामक म्यासेज पठाउन थाल्छन् । यस्तो अवस्थामा प्रयोगकर्ताले स्क्रीनमा आएको म्यासेज अनुसार कमाण्ड दिन थाल्छन् ।

    यो प्रक्रियामास्क्रीनमा दुई दुईपटकसम्म पिन कोड टाइप गर्ने अप्सन आउँछ । यदि एटीएम प्रयोग गर्ने समयमा यस्तो अप्सन आयो भने तपाई सचेत हुनुपर्छ । साथै, यस्तो एटीएम प्रयोग गर्नबाट पनि सक्दो बच्नुहोस् ।

    Nepali News daily dekhi sabhar





    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture