• Breaking News

    Wednesday, April 26, 2017

    प्रचण्डको नाम लिँदै ओलीले भने- तेरा ये हिम्मत ? (भिडियोसहित)

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    प्रचण्डको नाम लिँदै ओलीले भने- तेरा ये हिम्मत ? (भिडियोसहित)

     १३ बैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई झुक्याउने प्रयास नगर्न प्रधानमन्त्री प्रचण्डलाई चेतावनी दिएका छन् ।

     नीय तहको संख्या बढाउने तयारीबारे सोध्दा हल्लाको पछि नलाग्नुस् भनेको तर, ११ जिल्लामा स्थानीय तहको संख्या बढाउनका लागि पत्राचार गरेको पाइएको भन्दै उनले बेइमानी नगर्न चेतावनी दिए ।

    ‘प्रधानमन्त्रीसँग सोध्दा यो हुँदै होइन, चुनाव अगाडि कहाँ यो संख्या थप्ने घटाउने हुन्छ ? यस्ता हल्ला पनि सुन्ने तपाईहरु ? भन्नु भो,’ मनमोहन स्मृति प्रतिष्ठानले बुधबार गरेको कार्यक्रममा ओलीले भने, ‘हिजो हेरेको त एलडीओहरुलाई लिखित निर्देशन दिनु भएको छ । कतिसारो बेइमानी ।’

    ओलीले अघि भने, भोकभोकै निर्वाचनमा बस्ने, काँचो चना खाएर आन्दोलनलाई अघि बढाउने पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारीको पार्टी यति मजबुत हुँदाहुँदै, हिन्दीमा भन्ने हो भने तेरा ये हिम्मत ?’

    सरकारप्रति आक्रामक रुपमा प्रस्तुत भएका ओलीले चुनाव देखाएर राष्ट्रमाथि नै खेलबाड गर्न खोजिएको आरोप लगाए । ‘जनमत संग्रहकालमा केटाकेटी यसो निहु खोज्न थाल्यो भने हल्ला नगर है जनमत संग्रह भाँडिन्छ भन्ने गरिन्थ्यो,’ उनले भने, ‘अहिले हामीलाई चुनाव चाहिएको छ । चुनाव भाँडिन्छ है भनेर देश टुक्राउने, हिन्दीलाई राष्ट्र भाषा बनाउने काम हुँदैछ ।’

    संविधान संशोधन देश हितमा नभएको भन्दै उनले पहाड र तराई छुट्याउने छौं भन्ने मात्र नलेखिएको बताए । उनले संविधानलाई सर्वस्वीकार्य बनाउन भन्दै ल्याएको संशोधन प्रस्तावमा एमाले सहितका सबै प्रतिपक्षी दल बाहेकको सर्वस्वीकार्य भनि कोष्ट भित्र नदेखिने गरी लेखिएको भन्दै व्यंग्य समेत गरे ।

    भिडियो हेर्नुहोस्
     

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture