भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
‘दावालाई गोली हान्न लगाउने मै हुँ’ भन्दै एसएसपी छविलालको फोन बजेपछि…दावालाई गोलि हानेको भिडियो सहित
काठमाडौं, २९ चैत– गुण्डा नाइके दावा लामामाथि गोली प्रहार भएको केही घण्टामै विदेशको नम्बरबाट काठमाडौं प्रहरी प्रमुख (एसएसपी) छविलाल जोशीको मोवाईलमा फोन आयो । जोशीले फोन रिसिभ मात्र गरेका के थिए, उताबाट आवाज सुनियो, ‘दावा लामालाई गोली हान्न लगाउने मै हुँ , उसको र मेरो दुस्मनी थियो !’
बौद्ध नयाँबस्तीको दिव्य पार्टी प्यालेसमा एकाविहानै गोली चलेपछि काठमाडौंको सुरक्षा जिम्मा लिएका जोशी उसै तनावमा थिए । त्यो फोन पछि उनको तनाव झन् बढ्यो ।
‘हो, मलाई फोन आएको थियो’ रातोपाटीको जिज्ञासामा एसएसपी जोशीले भने, ‘फोन आएको नम्बर ट्रयाक गर्दै छौँ, यसबारे अरु कुरा पछि गरौंला ।’
जोशीको नम्बरमा फोन आउँदा महानगरीय अपराध महाशाखा प्रमुख (एसएसपी) दिनेश अमात्य पनि सँगै थिए । यसबारे जिज्ञासा राख्दा अमात्यले भने, ‘विदेशबाट फोन गरेर जिम्मा लिँदैमा हामी कहाँ मान्छौं, अनुसन्धान हुँदैछ दोषीलाई कानुनी दायरामा ल्याउँछौं ।’
प्रहरी स्रोतका अनुसार एसएसपी जोशी सहित काठमाडौंका एक पत्रकारलाई हङकङको नम्बरबाट फोन आएको थियो । फोन गर्नेले आफू लोपसाङ लामा भएको बताएका थिए ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment