• Breaking News

    Sunday, April 16, 2017

    भारतीय हस्तक्षेपलाई छिचोल्दै पनि बहादुर नेपालीले लगाए सिमामा २२ किलोमिटर तारबार

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    भारतीय हस्तक्षेपलाई छिचोल्दै पनि बहादुर नेपालीले लगाए सिमामा २२ किलोमिटर तारबार 

    आजको कान्तिपुर मा खबर छ– पटक–पटक भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले काममा भाँजो हालिरहे । अवरोध छिचोल्दै २२ किलोमिटर तारबार गरेपछि अहिलेभने स्थानीय खुसी छन् ।
    तारबारका लागि लामो समयसम्म विभिन्न निकायमा सहयोगका लागि आग्रह गरेका थिए । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट ६० लाख प्राप्त भएपछि तारबार गरेका हुन् ।
    एसएसबीले काममा अवरोध गरेपछि स्थानीयले सशस्त्र प्रहरीलाई गुहारेका थिए । त्यसपछि एसएसबी पछि हट्यो । निर्माण क्रममा दबाब आएपनि स्थानीयले त्यसलाई प्रतिकार गर्दै तारबारको काम जारी राखे ।
    एक महिनाअघि सशस्त्र प्रहरी र एसएसबीका बीचमा संयुक्त नापी टोली नआएसम्म तारबारलाई स्थायी सीमांकन नमान्ने मौखिक सहमति भएपछि तनाव कम भयो । स्थानीयको सक्रियतामा एक महिनामै २२ किमि विद्युतीय तारबार गरिउको हो । गेरुवा गाउँपालिका र राजापुर नगरपालिकाको दक्षिणी क्षेत्रमा तारबार गरिएको हो । सीमास्तम्भ नम्बर ८७ देखि ९८ सम्मको क्षेत्रमा विद्युतीय तारबार गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture