• Breaking News

    Friday, April 28, 2017

    धेरै सपना बोकेर विदेश पुगेकी नेपाली युवतीको सिरियामा मृत्यु, मृत्युपछि युवतीको शव मालिकले त्यही गाडिदिए,यस्तो रहेछ कारण

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस



    धेरै सपना बोकेर विदेश पुगेकी नेपाली युवतीको सिरियामा मृत्यु, मृत्युपछि युवतीको शव मालिकले त्यही गाडिदिए,यस्तो रहेछ कारण 

     वैशाख – तीन महिनाअघि सिरियामा मृत्यु भएकी लामाटोल–९, थाक्पालढाप्प सिन्धुपाल्चोककी २४ वर्षीया माया तामाङको शबलाई मालिकले त्यही गाडिदिएको छ । गत जनवरी २८ तारिख तामाङको हृदयघातबाट मृत्यु भएको सिरियाको अपराध बिभागको रिपोर्टमा उल्लेख छ । सिरिया मामिला हेर्ने इजिप्टस्थित नेपाली दुताबासलाई तामाङकी मालिककी छोरी लिना अब्देल घानीले युद्धग्रस्त अवस्थाको शबलाई निकाल्न नमिल्ने भएकोले गाडिदिएको सुचना दिएकी थिइन् ।दुताबासका प्रवक्ता सुजन विडारीले पीडितको परिवारलाई क्षतिपुर्ति दिन पहल भइरहेको बताए । तामाङले आफुलाई उद्धार गर्न संयुक्त अरव इमिरेट्स (युएई)स्थित नेपाली दुताबाससँग नियमीत सम्पर्क गर्दै आइरहेकी थिइन ।

    मायालाई दुवाईको अज्मानस्थित टोम लेवर रिक्रुटमेन्टले सिरियाको नुवेला इल साम म्यानपावरमा कामका लागि पठाइएको थियो । उसले त्यहाँको युद्धग्रस्त ठाउँ लजिकीय बस्ने असफ कभारी मोहमद हम्जाको घरमा पठाएको थियो । मायाले आफ्नो इच्छाविपरीत सिरिया पठाएको र घर मालिकले पिट्ने, तलव नदिने र मानसिक यानता दिने काम भइरहेको बताउने गरेको नेपाली दुताबास, युएईकी श्रम सहचारी हिरादेवी यादवले बताइन् । ‘पीडितलाई उद्धार गर्नको लागि हामीले दुवईबाट पठाउने म्यानपावरसँग समन्वय गरिरहेका थियौ । पीडितसग पनि नियमित सम्पर्क भइरहेको थियो’, यादवले भनिन्, ‘एक्कासी तामाङको मृत्युको खबर सुन्नुपर्‍यो ।’
    उनलाई हम्जाले सिरियाबाट पठाउन पाँच हजार डलर र टिकट शुल्क माग गरेको थियो । ‘हामीले माग गरिएको रकम पठाउन दुवईबाट पठाउने म्यानपावरबाट जुटाउन खोजिरहेका थियौं’, दुवई म्यानपावरसँग काम गर्ने राज कार्कीले भने, ‘तामाङलाई सिरिया पठाउने बिषय पनि हामीलाई जानकारी थिएन ।’तामाङकी श्रीमान् पनि दुवईमै कार्यरत छन् । कान्तिपुरबाट साभार गरिएको |

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture