• Breaking News

    Wednesday, April 19, 2017

    अष्ट्रेलिया जाने विद्यार्थीले अब जुनसुकै बाणिज्य बैंकबाट ऋण लिन सक्ने

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    अष्ट्रेलिया जाने विद्यार्थीले अब जुनसुकै बाणिज्य बैंकबाट ऋण लिन सक्ने

     ६ बैशाख, काठमाण्डौ । अष्ट्रेलिया अध्ययनका लागि जाने नेपाली बिद्यार्थीले अब क बर्गका जुनसुकै बाणिज्य वैंकबाट ऋण लिन सक्ने भएका छन् ।

    अष्ट्रेलियाको सीमा सुरक्षा तथा अध्यागमन बिभागलाई उदृत गर्दै दिल्लीस्थित अष्ट्रेलियन हाइ कमिसनले दिएको जानकारी अनुसार अब नेपालका जुनसुकै क बर्गका बैंकबाट लिएको शैक्षिक ऋणलाई अष्ट्रेलियाले मान्यता दिने भएको छ ।
    यसअघि नेपाली बिद्यार्थीले एसबीआई बैंक र नविल बैंकबाट लिएको ऋणलाई मात्र अष्ट्रेलियाले मान्यता दिँदै आएको थियो । पछिल्ला दिनमा नेपाली बिद्यार्थीप्रति नरम नीति अबलम्बन गरिरहेको अष्ट्रेलियाले जुनसुकै बाणिज्य वैंकबाट ऋण लिए मान्यता दिने गरी नीतिगत संसोधन गरेको हो । अष्ट्रेलियन हाइ कमिसनले भारतका सम्बन्धमा पनि यही नीति लिएको छ ।

    हाल नेपालमा क बर्गका २८ वटा बाणिज्य वैंकहरु रहेका छन् । जुनसुकै बैंकबाट ऋण लिन पाउने ब्यबस्थापछि अब बिद्यार्थीहरुलाई ऋणका लागि थप विकल्पहरु खुला भएका छन् भने उनीहरुलाई सहजता पनि थपिने छ ।

    ‘हिजोका दिनमा नविल र एसवीआई बैंकबाट ऋण लिन सहज नभएपनि त्यहीँ जानुपर्ने अबस्था थियो’ नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष प्रकाश पाण्डेले अनलाइनखबरसँग भने-ती बैंकले नपत्याइदिँदा कतिपय निकै राम्रा बिद्यार्थी पनि अष्ट्रेलियामा अप्लाई गर्न बञ्चित भएका थिए ।’

    सवै बैंकलाई खुला गरिदिएपछि अब नेपाली बिद्यार्थीलाई थप सहजता भएको र आबेदनको संख्या बृद्धि हुने उनको भनाई छ ।

    सन् २००९ अगाडी पनि अष्ट्रेलियाले सवै क बर्गका बैंकको कारोबारलाई मान्यता दिएको तर केही बैंकहरुले वास्तविक ऋण नदिएर कागजी ऋण प्रवाह गरेका कारण समस्या भई दुईवटालाई मात्र मान्यता दिएको पाण्डेले बताए ।

    ‘हिजोको स्थिति नआवोस् भन्नेतर्फ बैंकहरु पनि सचेत हुनुपर्छ, बिद्यार्थीले पनि कागजी ऋणमा जोड गर्नुहुन्न’ पाण्डेले भने- अष्ट्रेलियाले दिएको सहजतालाई हामीले दुरुपयोग हैन, उपयोग गर्नुपर्छ ।’

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture