• Breaking News

    Wednesday, April 26, 2017

    आकस्मिक बसेको मन्त्रिपरिषद्को बैठकले छुट्यायो तीन प्रदेशको सीमाना

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    आकस्मिक बसेको मन्त्रिपरिषद्को बैठकले छुट्यायो तीन प्रदेशको सीमाना

     १३ बैशाख, काठमाडौं । सरकारले रुकुमका तत्कालीन ११ गाविसलाई प्रदेश नम्बर ५ मा राख्ने निर्णय गरेको छ । साथै प्रदेश नम्बर ४ र ५ मा पर्ने नवलपरासीको भूभाग पनि छुट्टाएको छ ।

    बुधबार बसेको मन्त्रिपरिषद्को आमस्मिक बैठकले रुकुमको तत्कालीन सिस्ने लगायतका ११ वटा गाउँ विकास समितिलाई पाँच नम्बर प्रदेशमा राख्ने निर्णय गरेको छ । बाँकी भाग भने ६ नम्बर प्रदेशमा नै रहनेछ ।

    संविधानमा रुकुमको पूर्वी भाग प्रदेश नम्बर ५ र पश्चिम भाग प्रदेश प्रदेश नम्बर ६ मा रहने उल्लेख छ । तर, प्रष्ट सीमांकन नभएको भन्दै निर्वाचन आयोगले सरकारलाई निर्णय गर्न आग्रह गरेको थियो । त्यसअनुसार नै सरकारले यो निर्णय गरेको हो ।

    यस्तै नवलपरासीका त्रिवेणी गाउँ विकास समितिको वडा नम्बर ६ र ७ लाई विनयी गाविसमा गाभेर प्रदेश नम्बर ४ मा राखेको छ । नवलपरासीको बाँकी भूभाग भने प्रदेेश नम्बर ५ मै रहनेछ ।संविधानमा नवलपरासीको बर्दघात सुस्ता पश्चिम प्रदेश नम्बर ५ र पूर्व प्रदेश नम्बर ४ मा रहने उल्लेख छ ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture