• Breaking News

    Friday, April 28, 2017

    दक्षिण कोरियाले किन बेच्यो २ सय मिलियन डलरको लडाकु जहाज सय डलरमा?

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस



    दक्षिण कोरियाले किन बेच्यो २ सय मिलियन डलरको लडाकु जहाज सय डलरमा?

     सोल। दक्षिण कोरियाले आफ्नो चलिरहेको लडाकु समुद्री जहाज मात्र सय डलरमा बेचेको छ। राम्रोसँग चलिरहेको यो जहाजको खास मूल्य भने २ सय मिलियन डलर पर्छ। मित्र देश फिलिपिन्सका लागि उसले यति सस्तो मूल्यमा एन्टी सबमरिन वारशिप दिन लागेको हो।
    यो जहाजको गति ६० किलोमिटर प्रतिघण्टा छ। यसमा डिजल इन्जिनसँगै ग्यास टर्बाइन पनि जडान गरिएको छ जसका कारण फ्युल सकिए पनि जहाज चलाउन सकिन्छ। यसको मिसाइल रेञ्ज ३ सय किलोमिटर छ। यसमा ९० जवान रहन सक्छन्। शिपको चारैतिर मेसिनगन जडान गरिएको छ। फिलिपिन्ससँग आफ्नो नजिकको सम्बन्ध रहेका कारण दक्षिण कोरियाले यति सस्तोमा जहाज दिएको बताएको छ। यसअघि फिलिपिन्सको अहिलेको सेनालाई पनि दक्षिण कोरियाले नै धेरैजसो सामान दिएको हो। यी दुई देशहरु एक अर्कालाई महत्वपूर्ण सुरक्षा सहयोगी मान्छन्।





















    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture