भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
UPDATE: ६ मधेशीदलले अाज ‘राजपा’ जन्माउँदै, महन्थको नेतृत्वमा सहमती
७ बैशाख, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आवद्ध छ वटा मधेश केन्द्रित दलहरुवीच आज एकताको घोषणा गरी राष्ट्रिय जनता पार्टी गठन हुने भएको छ । नयाँ पार्टीको निर्वाचन चिन्ह छाता हुने निर्णय भएको सद्भावना पार्टीका महासिचव मनिष सुमनले नेपाली हेडलाइन्सलाई बताए ।
नयाँ पार्टी घोषणा आजै गर्ने गरि सबै शीर्ष नेताहरु तयारीमा जुटेका छन् । एकता पछि पार्टीको नेतृत्व तत्कालका लागि महन्थ ठाकुरले गर्ने र सामूहिक अध्यक्ष मण्डल बनाइ अघि बढ्ने विषयमा सहमती भैसकेको पनि सुमनले बताए । नेतृत्वका लागि चक्रिय प्रणाली अपाइने र पार्टीको दर्ता रोलक्रम अनुसार नेतृत्व फेरिने समेत सहमती भएको छ ।
अहिले सबै शीर्ष नेताहरु सद्भावना पार्टीको कार्यालयमा नयाँ पार्टीको दस्तावेज तयारीमा जुटेका छन् । हिजो राती छ वटै दलका शीर्षनेता बसेर एकता गर्ने निर्णय गरेका थिए । आजको छलफलमा भने सबैदलका दोस्रो तहका नेताहरुलाई समेत डाकेर सबैदलको दस्तावेजलाई एकिकृत गर्ने काम भैरहेको सुमनले बताए ।
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल बाहेक मोर्चामा आवद्ध मोर्चामा आवद्ध राजेन्द्र महतोको सद्भावना पार्टी, महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी, राजकिशोर यादव नेतृत्वको मधेशी जनअधिकार फोरम गणतान्त्रिक, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टी, महेन्द्रराय यादव नेतृत्वको तराई मधेश सद्भावना पार्टी र अनिल झा नेतृत्वमो नेपाल सद्भावना पार्टीवीचमा एकता हुने भएको हो ।
राजनीतिक दलसम्बन्धी विद्येयकमा न्यूनतम तीन प्रतिशत थे्रेस होल्ड राखेसँगै मोर्चामा आवद्ध दलहरुवीच एकताको प्रयास भैरहेको थियो । यो प्रयासले अब सार्थक रुप लिने भएको छ ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment