भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
यी १० देश जो तेस्रो विश्वयुद्ध हुदाँ पनि सुरक्षित रहनसक्छन ..
२० औं शताब्दिमा विश्वले दुईवटा विश्वयुद्ध देख्यो । ति विश्वयुद्धका कारण ठूलो धनजनको क्षति भयो । युद्धले थलिएका राष्ट्रहरुले युद्धपछि विकासको बाटो रोजे । केही वर्षमै संसारभर विकास र समृद्धिको लहर छायो । पश्चिमी राष्ट्रहरुको विकासले द्रुत गति लिइरहँदा अन्य राष्ट्रहरुमा भने राजनैतिक व्यवस्था बलियो थिएन ।
हाल विश्वका धेरै राष्ट्रहरु फेरि शक्तिशाली भएका छन् । बेलाबेलामा उनीहरु शक्ति प्रदर्शन गर्न ललायित देखिन्छन् । उत्तर कोरिया, चीन र अमेरिकाको सम्बन्ध र एकअर्कालाई दिएको चुनौती तथा पाकिस्तान र भारतबीचको सम्बन्ध, रसिया र अमेरिकाको सम्बन्ध, त्यस्तै शक्तिशाली राष्ट्रहरुको पक्ष–विपक्षमा रहेका राष्ट्रहरुका कारण ‘तेस्रो विश्वयुद्ध हुने त होइन !’ भन्ने चासो र चिन्ताले पछिल्लो पटक निकै प्राथमिकता पाएको छ ।
लिस्टडोज मिडियाले दिएको जानकारी अनुसार विश्वका केही यस्ता राष्ट्रहरु छन्, जो आर्थिक साथै हातहतियारले पनि भरिपूर्ण छन् । उक्त मिडियाले दिएको जानकारी अनुसार यदी तेस्रो विश्वयुद्ध भयो भने त्यसको कारण यी १० राष्ट्रहरु बन्नेछन् ।
इजिप्ट
मिडल इस्ट क्षेत्रमा रहेको इजिप्ट एक शक्तिशाली राष्ट्र हो । जो तेस्रो विश्वयुद्ध निम्त्याउनसक्ने कारक राष्ट्रको १० औं स्थानमा पर्छ । मुस्लिम राष्ट्रहरुका ठूला र अरु देशलाई प्रभाव पार्नसक्ने खेलाडीहरु यसै देशमा छन् । इजरायलसँग इजिप्टको अहिलेको सम्बन्ध पनि राम्रो छ । यदी युद्ध भइहालेमा यी देशहरुको पक्ष–विपक्षमा विश्वका अन्य राष्ट्रहरु खडा हुने अपेक्षा गर्न सकिन्छ ।
टर्की
विश्व शान्तिका लागि टर्की पनि एक प्रतिकुल राष्ट्र मानिन्छ । पछिल्लो समय टर्कीमा भइरहेका हिंसाले पनि यस कुरालाई प्रमाणित गर्छ । यस देशको राजनीति तथा आर्थिक हिसाबले विश्वलाई केही हदसम्म प्रभाव पारेको छ । तर, टर्कीमा रहेको अनियन्त्रित राजनीतिले कतै विश्व युद्धको सुरुवात हुने त होइन भन्ने सुरक्षा विश्लेषकहरुको ठम्याइ रहँदैआएको छ ।
उत्तर कोरिया
पछिल्लो समय उत्तर कोरियाले परमाणु बममा गरेको विकासका कारण विश्वयुद्धको शंखघोष हुने सम्भावना बढ्दैगएको बिश्लेषण हुन्छ । लिस्टडोज मिडियाका अनुसार यदी युद्ध भएमा उत्तर कोरियाका हतियारले विश्वमा केही पनि बाँकी रहने छैन । दक्षिण कोरियासँग उत्तर कोरियाको खराब सम्बन्ध र यी देशहरुलाई समर्थन गर्ने चीन र अमेरिकाको सम्बन्ध पनि उस्तै रहेको छ । विश्वका केही राष्ट्रहरुले उत्तर कोरियालाई ‘गुण्डा प्रवृत्ति’ भएको राष्ट्रका रुपमा लिने गर्छन् । उत्तर कोरियासँग भएको आणविक हतियारले विश्वमा विनाश ल्याउनेमा कसैको शंका छैन ।
पाकिस्तान
पाकिस्तानको राजनैतिक माहोल पनि त्यत्तिकै कमजोर हुँदै गइरहेको छ । आतंकवादी संगठनहरुका कारण थलिएको पाकिस्तानको आर्थिक अवस्था नाजुक बन्दैगएको छ । आणविक हतियारसहितको पाकिस्तान र भारतबीच युद्ध हुने सम्भावना पनि उत्तिकै रहेको छ । विश्वका केही शक्तिशाली राष्ट्रहरु कतै पाकिस्तानसँग भएका आणविक हतियार आतंकवादीहरुको हात लाग्ने त होइन भन्ने शंकामा रहेका छन् ।
चीन
अमेरिकालाई कडा चुनौती दिने राष्ट्र हो चीन । आर्थिक समृद्धिसँगै सुरक्षाका हिसाबले पनि निकै बलियो मानिएको चीन विश्वकै शक्तिशाली राष्ट्रमध्येको एक हो । विश्वका धेरै देशहरु चीनको आर्थिक वृद्धिसँगै यसको समर्थनमा रहेका छ । पश्चिमी राष्ट्रहरुसँगको प्रष्ट सम्बन्ध नभएकै कारण तेस्रो विश्वयुद्ध हुनुको कारण चीन हुनसक्ने बताइन्छ ।
अमेरिका
आर्थिक, राजनैतिक तथा सुरक्षाका हिसाबले सबैभन्दा बलियो देश हो अमेरिका । पछिल्लो समय मुस्लिम राष्ट्रहरुसँगको सम्बन्ध र कम्युनिष्ट देशहरुलाई हेर्ने असमान दृष्टिका कारण पनि तेस्रो विश्वयुद्धको कारण अमेरिका हुनसक्छ भन्ने चासो धेरैमा रहेको छ । चीनले गरेको प्रगति र विश्वकै शक्तिशाली देश बन्दै गर्दा अमेरिकाको चीन नीतिले पनि तेस्रो विश्वयुद्ध हुने सम्भावना देखिन्छ ।
रसिया
विश्वको प्रमुख ‘खेलाडी’को रुपमा परिचीत छ रसिया । आणविक हतियारदेखि आर्थिक रुपमा विश्वलाई रसियाले प्रभाव पार्ने हैसियत राख्छ । रसियाले मुस्लिम राष्ट्रहरु इजरायल, सिरियालाई गर्दै आइरहेको सहयोगले पनि विश्वमा रसियाको प्रभाव प्रष्ट बुझिन्छ । विश्वका बलिया देशहरुलाई हतियार बेच्ने काम गरिरहेको रसियाको अमेरिकासँग सम्बन्ध पनि त्यति राम्रो छैन । यदी इजरायलमा कुनै देशले आक्रमण गरेमा रसिया यस्तो पहिलो राष्ट्र हुनेछ जसले अन्य राष्ट्रहरुसँग युद्ध भएको घोषणा गर्नेछ ।
सिरिया
आइएसआइएसबिरुद्ध लडार्इँ लडिरहेको सिरियासँग आणविक हतियारहरु प्रशस्त छन् । रसायन ग्याँस प्रयोग गरेर सर्वसाधरण जनता मारेको अरोप लागेका सिरियाका राष्ट्रपति बसर अल असदलाई अमेरिकाले एक्लै कारबाही गरिरहेको छ । सिरियामा रहेको हतियारको गलत प्रयोग गरिने हो भने तेस्रो विश्वयुद्ध हुन कत्ति पनि बेर नलाग्ने बताइन्छ । आणविक हतियारको प्रयोग गरेर कुनै पनि देशले आक्रमण गरेमा तेस्रो विश्वयुद्धको सुरुवात हुने अन्तर्राष्ट्रिय विश्लेषकहरु बताउँछन् ।
इरान
इरानले विश्व राजनीतिमा ठूलो प्रभाव त राख्छ तर पछिल्लो समय यो देश आन्तरिक समस्यामा फसेको छ । धेरै ‘सुपरपावर्स’ले इरानको सुशासनलाई लिएर प्रश्न उठाउँदैआएका छन् । यहाँका राष्ट्रपति मोहम्मद अहमद्धिनेजादले अमेरिकासहित विश्वका प्रमुख नेताहरुको आलोचना गर्दैै आइरहेका छन् । अमेरिका लगायत विश्वका शक्तिशाली राष्ट्रहरु यस देशको बिरोधमा छन् । इरान धेरै तेल उत्पादन गर्ने मुलुकमध्ये एक हो । यही कारण पनि अमेरिका लगायत शक्ति राष्ट्रहरु इरानप्रति खास चासो राख्छन् । यदी विश्वयुद्ध भएमा इरानालाई अरु मुस्लिम देशहरुको समर्थन रहने विश्लेषकहरुको बुझाइ छ ।
इजरायल
विश्व राजनीतिमा इजरायल पनि अर्को शक्तिशाली राष्ट्र हो । विश्वका शक्तिशाली देशहरुलाई चुनौती दिँदै आएको यो देशमा आणविक हतियारका साथै अन्य निकै खतरनाक हतियाहरु छन् । पछिल्लो अवस्था हेर्ने हो भने इजरायलले इरानमा आक्रमण गर्ने सम्भावनाका संकेत देखिन थालेका छन् ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |












No comments:
Post a Comment