• Breaking News

    Friday, April 28, 2017

    भारत र नेपालको सिमाना नजिक गोलि चल्यो डिएसपीसहित तीन घाइते -

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    भारत र नेपालको सिमाना नजिक गोलि चल्यो डिएसपीसहित तीन घाइते - 

     वीरगञ्‍ज –  भारतसँग सीमा जोडिएको बाराको कचोर्वामा तस्करी गरी ल्याइएको कपडा नियन्त्रणमा लिने क्रममा शुक्रबार प्रहरी र गाउँलेबीच झडप भएको छ। सिम्रौनगढ नगरपालिका-९ कचोर्वामा भएको झडपमा तस्कर र गाँउलेहरुको आक्रमणबाट बाराका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मी र प्रहरी जवानद्वय महर ठाकुर र नरेश लुंगेली घाइते भएका छन्। प्रहरी नायव उपरिक्षक रेग्मीको गर्दनमा चोट लागेको छ। १० लाख मूल्‍य बराबरको कपडा विश्‍वनाथ जैसवाल र पशुपति जैसवालको घरमा लुकाइएको कपडा नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको हो।स्थिति नियन्त्रणममा लिने क्रममा प्रहरीले तीन राउण्ड गोली पनि चलाएको छ। साथै प्रहरीले बोरामा रहेको नौ भांगा भारतीय कपडा बरामद गरेको छ। प्रहरी माथि आक्रमण गरेको आरोपमा स्थानीय लक्ष्मी यादवलाइ प्रहरीले पक्राउ गरेको छ।राजेश्वर र विश्वनाथको घरमा तस्कहरुले लुकाएर राखेको अवैध कपडा नियन्त्रणमा लिन गएको प्रहरी टोली माथि तस्कर र गाँउलेहरुले ढुंगामुढा सहित आक्रमण गर्न थाले पछि स्थिती नियन्त्रणमा लिन तीन राउण्ड हवाइ फायर गर्नु परेको बाराका प्रहरी नायव उपरीक्षक नरेन्द्र प्रसाद उप्रेतीले बताउनुभयो।यसअघि गत बैशाख ११ गते बाराकै धर्मनगरमा प्रहरी र तस्करको समूहबीच झडप हुँदा एक प्रहरी हबल्दारसहित तीन प्रहरी घाइते भएका थिए।बारामै वैशाख १० गते भएको तस्करसँगको झडपमा एक प्रहरी घाइते भएका थिए। अन्नपूर्ण पोस्टबात

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture