• Breaking News

    Thursday, April 27, 2017

    केहि समय अघि ३ गोलि लागेका दावा लामा अस्पतालको शैया बाटै न्याय पाउँ भन्दै दोषीको नामसहित प्रहरीमा जाहेरी

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    केहि समय अघि ३ गोलि लागेका दावा लामा अस्पतालको शैया बाटै न्याय पाउँ भन्दै दोषीको नामसहित प्रहरीमा जाहेरी  

     काठमाडौं । काठमाडौंको गौरीघाटमा दावा लामा उर्फ (जितेन्द्र मान तामाङ ) माथि केहि दिनअघि गोली प्रहार भयो । गोली प्रहारबाट सख्त घाइते भएका लामा उपचारका क्रममा अझै अस्पतालमा नै छन् । उनको कम्मरमा दुइ गोली लागेको परिवार स्रोतले बताएको छ ।

    बिहान ९ बजेर २० मिनेटमा गोली प्रहार भयो । गोली प्रहार लगत्तै ९ बजेर ५० मिनेटमा काठमाडौँ प्रहरी प्रमुखलाई एउटा फोन आयो ।

      फोन गर्ने व्यक्तिले आफू हङकङमा रहेको मात्र बताएन् भर्खरै घटेको गोली हानिएको घटनाबारे समेत बोल्न थाल्यो ।

    ‘मैले नै गोली हानेको हुँ’, फोन गर्नेको प्रहरीसँग दावी थियो । तर, गोली कसले र किन चलायो भन्ने प्रश्नमा प्रहरीसँग चित्त बुझ्दो उत्तर छैन् ।

    काठमाडौँका एसएसपी छविलाल जोशीले गोली प्रहारको घटनाको जिम्मा लिँदै आफूलाई फोन आएको स्वीकार गरे । तर उनले ती फोन गर्ने व्यक्तिको पहिचान भने खुलाएनन् । यति मात्र भने ‘अनुसन्धान जारी छ’ ।

    यता गोली प्रहारबाट सख्त घाइते बनेका दावा लामाले अस्पतालको शैयाबाट नै दोषी विरुद्ध कारवाहीको माग गरेका छन् । उनले महानगरीय प्रहरी वृत बौद्धमा जाहेरी दरखास्त गरेको बताईएको छ ।

    उनले दिएको जाहेरीमा राजन श्रेष्ठ र राम गिरीले आफूलाई ज्यान मार्ने नियतले गोली प्रहार गरेको आरोप लगाएका छन् । राम गिरी दरबारमार्गमा रहेको ‘डेभाजु’ डिस्कोका संचालक हुन् । आफुू विरुद्ध झुट्टा मुद्दा लगाउँदै आएका गिरीले नै ज्यान मार्ने नियतले गोली चलाउन लगाएको लामाको आरोप छ ।

    कहिलेकाहिँ भेटघाट हुँदा कुनियतले हेर्ने धक्का दिने र आफ्नो दैनिक क्रियाकलापको समेत निगरानी राख्ने गिरीले नै हत्याको प्रयास गरेको लामाले जिकिर गरेका छन्










    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture