भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
हाल सम्म ३ लाख २० हजार भन्दा बढी व्यक्तिको मृत्यु
बेरुत । सिरियाको राजधानी दमासकस नजिकै रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान सबेरै भीषण विस्फोट भएको छ । विस्फोट कसरले र के कारणले गरेको हो भन्नेबारे केही बतार्इएको छैन । यद्यपी मानव अधिकारवादी समूहले सो विस्फोटको जानकारी दिएको छ ।
विस्फोटन भीषण भएको यसको आवाज दमासकसबाट नै सुनिएको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ । सिरियाको राजधानी दमासकसबाट २५ किलोमिटर दक्षिणपूर्वमा सो अन्तर्राष्ट्रिय विमानस्थल पर्दछ ।
युद्धग्रस्त यस देश सिरियाको सुचना स्रोतको रुपमा रहेको बेलायतसँग आवद्ध अब्जरभेटरीले यस विस्फोटनको पुष्टि गरेको हो । विस्फोट विमानस्थल भित्र भने नभएको अब्जरभेटरीले प्रष्ट पारेको छ । विस्फोटनको कारण भने प्रष्ट नभएको अब्जरभेटरीका प्रमुख अब्देल रहमान रामीले बताए ।
सिरियाका सरकारको विरोध गर्दै सन् २०११ बाट सुरुको भएको द्वन्द्वमा परी सो समयदेखि हाल सम्म ३ लाख २० हजार भन्दा बढी व्यक्तिको मृत्यु भईसकेको छ । उक्त द्वन्द्वमा परी लाखौ व्यक्ति घाइते भएका छन् भने लाखौ देश भित्र र छिमेकी देशमा शरणार्थी जिवन विताउन बाध्य भएका छन् । रासस/एएफपी
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment