• Breaking News

    Tuesday, April 25, 2017

    फरार अभियुक्त बालकृष्ण ढुंगेललाई पक्राउ गर्ने जिम्मा अब हिजै मात्र पक्राउ परेका सिआईबी प्रमुख डीआइजी नवराज सिलवालको हातमा

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

     फरार अभियुक्त बालकृष्ण ढुंगेललाई पक्राउ गर्ने जिम्मा अब हिजै मात्र पक्राउ परेका सिआईबी प्रमुख डीआइजी नवराज सिलवालको हातमा 

     बैशाख १२, काठमाडौं । कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय दिइएका नेकपा (माओवादी केन्द्र)का नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्न नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीलाई जिम्मा दिएका छन् ।
    सीआईबी प्रमुख अहिले डीआईजी नवराज सिलवाल नै रहेका छन् ।
    आइजीपी अर्यालले ढुंगेललाई पक्राउ गरी सम्बन्धित कारागार कार्यालयमा जिम्मा लगाउन भन्दै अपराध अनुसन्धान विभागमार्फत देशैभरका प्रहरी कार्यालयलाई निर्देशन दिएका छन् ।
    फरार अभियुक्त ढुंगेललाई पक्राउ गर्न देशैभरिका प्रहरी युनिटलाई परिपत्र गरिएको प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालले बताए । खनालले बाह्रखरीसँग कुरा गर्दै भने, ‘‘अदालतले दोषी ठहर गरेका ढुंगेलको खोजीकार्य जारी छ । प्रहरी प्रधान कार्यालयले देशैभरका प्रहरी कार्यालयलाई निजलाई पक्राउ गरी सम्बन्धित ठाउँमा बुझाउन आदेश दिएको छ ।’’

    महानिरीक्षक अर्यालले दिएको निर्देशनमा लेखिएको छ– ‘‘अदालतको अवहेलना मुद्दामा फरार प्रतिवादी बालकृष्ण ढुंगेललाई तुरुन्त पक्राउ गर्न आवश्यक हुँदा निजलाई पक्राउ गर्न आफू र आफूमातहतका सम्पूर्ण प्रहरी संरचना परिचालन गरी सात दिनभित्र पक्राउ गरेर सम्बन्धित कारागार कार्यालयमा जिम्मा लगाई अदालतमा प्रतिवेदन पेस गर्नू ।’’
    सर्वोच्च अदालतले ढुंगेललाई २०६६ पुस १९ गते सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । अदालतद्वारा आठ वर्षअघि दोषी ठहर गरिएकोे भए पनि ढुंगेललाई प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन ।
    ढुंगेललाई माफी लिदाउन २०६८ साल मंसिर २२ गते बाबुराम भट्टराई नेतृत्वको सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । तर, सर्वोच्च अदालतले हत्यालगायतका जघन्य अपराधका दोषीलाई  सजाय माफी दिन नहुने ठहर गरी फैसला कार्यान्वयन गर्न आदेश दिएको थियो ।
    सार्वजनिक कार्यक्रममा सहभागी हुँदा पनि प्रहरीले पक्राउ नगरेपछि ढुंगेलले आफूलाई सजाय सुनाउने न्यायाधीशलाई समेत सार्वजनिक मञ्चबाटै धम्की दिएको समाचार प्रकाशित भएको थियो ।
    न्यायाधीशलाई धम्की दिन थालेपछि परेको मानहानिको मुद्दामा सर्वोच्च अदालतले प्रहरी महानिरीक्षकका नाममा ढुंगेललाई सात दिनभित्र पक्रेर अदालतलाई प्रतिवेदन दिन आदेश गरेको थियो । अदालतले दिएको अादेशको एकतासा बितिसकेको छ ।  त्यही आदेशअनुसार प्रहरी महानिरीक्षक अर्यालले सीआईबीलाई पक्रने निर्देशन दिएका हुन् ।
    यसैबीच, प्रहरीले सीआईबीका प्रमुख डीआईजी नवराज सिलवाललाई नै पक्रेको र उनलाई अदालतले पक्राउ नगर्न अादेश जारी जारी गरिसकेको छ । सिलवाल हाल उपचारका क्रममा छन् ।

    (बार्हखरी डटकमबाट साभार गरिएको)

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture