• Breaking News

    Friday, April 28, 2017

    जथाभावी बाटो काट्दै हुनुहुन्छ ? होसियार, ट्राफिक नियन्त्रणमा पर्नुहोला !

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

     जथाभावी बाटो काट्दै हुनुहुन्छ ? होसियार, ट्राफिक नियन्त्रणमा पर्नुहोला !

     काठमाडौ, बैशाख १५ –महानगरीय ट्राफिक महाशाखाले जथाभावी सडक क्रस गर्ने पैदल यात्रुलाई कार्वाही गर्ने भएको छ । महानगरीय ट्राफिक महाशाखाका प्रमुख डिआईजी मिङमार शेर्पाले जथाभावी सडक क्रस गर्ने पैदल यात्रुलाई शुक्रबार (आज)बाटै कारवाही थालिएको छ ।

    ट्राफिक प्रहरीका अनुसार जथाभावि बाटो काट्नेलाई केहीबेर नियन्त्रणमा लिई २ सय रुपैयाँ जरिवाना गरिने छ ।

    महाशाखाले आयोजना गरेको ‘बढ्दो सवारी साधन र दुर्घटना न्यूनीकरणको अभियान’मा उपत्यकामा हुने दुर्घटनामध्ये ४० प्रतिशत पैदल यात्रु मरेको भन्दै यसको न्यूनीकरणका लागि आगामी जेठ १ गतेदेखि जरिवना गर्न लागेको हो ।

    काठमाडांैं उपत्यकामा पैदल यात्रुको सुरक्षाका लागि जनचेतना कार्यक्रमको शुक्रबार काठमाडौंमा शुभारम्भ गर्दै ट्राफिक प्रहरीले जेब्रा क्रसमा पैदल यात्रुले खुट्टा राख्ने बित्तिकै सवारी साधान नरोक्ने सवारी चालकलाई पनि कडा कार्वाही हुनेछ । महानगरीय ट्राफिक महाशाखाले सवारी दुर्घटना न्यूनिकरण गर्न बैशाख १ गतेबाट सवारी साधानमा हर्न बजाउन रोक लगाएको थियो ।

     सवारीको चापलाई व्यवस्थित गर्दै दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यका साथ शुक्रबारबाट पैदल यात्रु सुरक्षा कार्यक्रम संचालनमा ल्याइएको हो ।

    पैदल यात्रुले जथाभावी सडक क्रस गर्दा नै सवारी दुर्घटनामा परी धेरैको ज्यान जाने गरेको पाइएपछि महाशाखाले पैदल यात्रुहरुलाई जेब्राक्रस र आकाशेपुल प्रयोग गरेर मात्रै सडक पार गर्न पनि पुनः अपिल गरेको छ ।

    महाशाखाले पैदल यात्रुलाई जनचेतनामूलक कार्यक्रमबारे जानकारी दिन काठमाडांैमा रहेका २६ वटा सामुदायिक प्रहरी कार्यालयको जनशक्तिलाई समेत परिचालन गरेको छ ।

    कार्यक्रममा महानगरीय प्रहरी कार्यालयका निमित्त प्रहरी आयुक्त एवम् प्रहरी नायब महानिरीक्षक बमबहादुर भण्डारीले राज्यले ट्राफिक क्षेत्रलाई उच्च प्राथमिकता दिनुपर्ने बताए । उनले भने, “जेब्राक्रसिङमा चालक र यात्रु दुबै सचेत भएमात्र दुर्घटनामा कमी आउँछ ।”

    प्रनाम भण्डारीले सडकमा छाडा गाईबस्तु छोड्दा धेरै दुर्घटना भएको भन्दै यसबारे सम्बन्धित निकाय गम्भीर हुनुपर्ने बताए ।

    काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले काठमाडौँलाई शान्त र सुन्दर सहर बनाउनका लागि महानगरपालिका लागिपरेको बताए । उनले भने, “महानगरपालिकाले वैशाख १ गतेदेखि हर्न बजाउन निषेध गरिनुका साथै हाल रातिको समयमा सडक पखाल्ने काम गरिरहेको छ ।”

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture