• Breaking News

    Sunday, April 23, 2017

    कार्गो सेवा शुल्क एक हजार प्रतिशतसम्म बढेपछि त्रिभुवन विमानस्थलबाट आयात निर्यात ठप्प

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    कार्गो सेवा शुल्क एक हजार प्रतिशतसम्म बढेपछि त्रिभुवन विमानस्थलबाट आयात निर्यात ठप्प

     काठमाडौँ । कार्गो शुल्क बढाइएको विरोधमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आयात निर्यात ठप्प पारिएको छ। आयात निर्यातसँग सम्बन्धित उद्योगी व्यवसायीका १२ वटा र मजदूरका २ वटा संगठनले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट हुने आयात निर्यात आइतबारदेखि अनिश्चितकालका लागि ठप्प पारेका हुन् । 

    आफूहरुसँग सल्लाह नै नगरी कार्गो सेवाको दस्तुर ५ सयदेखि १ हजार प्रतिशतसम्म बढाइएको भन्दै आन्दोलन थालिएको हो । शुल्क बढाइएको विरोधमा नेपाल चेम्बर अफ कमर्स, नेपाल तयारी पोशाक उद्योग संघ, नेपाल हस्तकला महासंघ लगायतका १२ वटा व्यवसायिक संस्था तथा नेपाल भन्सार मजदूर संघ र अखिल नेपाल ढुवानी मजदूर संघले आयात निर्यात ठप्प पारेका हुन्। 

    युनिक फ्रेट इन्टरनेष्नलका निर्देशक राजेन्द्र संग्रौलाले बढाइएको शुल्क फिर्ता नगरेसम्म आयात निर्यात ठप्प पार्ने बताएका छन् ।  नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आयात निर्यात गरिने मालसामानको कार्गो प्रबन्ध सेवा दस्तुर आइतबारदेखि लागू हुने गरी बढाएको छ। 

    कम्पनीले आयात निर्यात हुने मालसामानलाई साधारण, बहुमूल्य, नाशवान, खतराजन्य, एक्सप्रेस कुरियर कार्गो र जीवित जनावर गरी ६ समूहमा वर्गीकरण गरेर मूल्य बढाएको छ।  कम्पनीले विमानस्थल दस्तुर नियमावली २०६७ अनुसार कार्गोको दस्तुर बढाएको हो। व्यवसायीहरुको दवाबमा कम्पनीले यसअघि नियमावली कार्यान्वयन गर्न सकेको थिएन। 

    कार्गो सेवाको शुल्क बढाइएको र शुल्क बढाइएको विरोधमा आयात निर्यात ठप्प पारिएको विषयमा आन्दोलनकारी र उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराबीच सोमबार छलफल हुने भएको छ। आजको कारोबार दैनिकले खबर छापेको छ। 

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture