• Breaking News

    Sunday, April 23, 2017

    घाइतेको उपचार गर्न नमानेको मनिपाल अस्पतालसँग गगन थापाले मागे स्पष्टिकरण

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    घाइतेको उपचार गर्न नमानेको मनिपाल अस्पतालसँग गगन थापाले मागे स्पष्टिकरण

     काठमाडौँ । स्वास्थ्य मन्त्रालयले पोखरास्थित मणीपाल शिक्षण अस्पताललाई घाइतेलाई उपचार सेवा नदिएको बारे स्पष्टिकरण सोधेको छ।

    मन्त्रालयले घटना छानबिन गर्न चिकित्सा सेवा महाशाखा प्रमुख डा भोलाराम श्रेष्ठको नेतृत्वमा ३ सदस्यीय छानबिन समितिसमेत गठन गरेको छ।

    मुस्ताङको कागबेनीमा गत शनिबार भएको दुर्घटनामा घाइते भएकालाई आकस्मिक उपचार सेवा नदिएको बारेमा मन्त्रालयले अस्पतालसँग २४ घन्टाभित्र स्पष्टीकरण माग गरेको हो।

    ूकिन आकस्मिक सेवा नदिएको,यस्तो अस्पताललाई खारेज गर्न किन न मिल्ने व्यहोरासहितको २४ घन्टे स्पष्टिकरण सोधिएको छू,महाशाखाका उपसचिव रामकृष्ण लामिछाने बताए।

    उनका अनुसार छानबिन समितिले समेत पोखरा गएर सोमबारदेखि  काम थाल्ने छ। समितिले दिने प्रतिवेदनको आधारमा कारबाही प्रकृया अगाडी बढाइने छ।

    दोषी प्रमाणित भए कानुनअनुसार चिकित्सकको लाइसेन्स र अस्पतालसमेत खारेज हुनसक्छ, लामिछाने ले बताए। संविधानको धारा ३५ उपधारा १ मा सबै नागरिकलाई अकस्मिक स्वास्थ्य सेवाबाट बन्चित गरिने छैन भन्ने व्यवस्था विपरीत चिकित्सकहरुले घाइतेहरुलाई आकस्मिक सेवा नदिएकाले कारवाही प्रकृयाअघि बढाइएको समेत उनले उल्लेख गरे। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture