• Breaking News

    Wednesday, April 26, 2017

    देशको झण्डा ठूलो हो, पीडितको नाममा राजनीति नगरौः धुर्मुस

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    देशको झण्डा ठूलो हो, पीडितको नाममा राजनीति नगरौः धुर्मुस 

     भुकम्पपछि एकीकृत नमूना बस्ती निर्माण गरेर उदाहरणीय काम गरेको भन्दै भुकम्पपीडित तथा सहयोगी समाजले सिताराम कट्टेल र कुञ्जना घिमिरे(धुर्मुस-सुन्तलीलाई) अभिनन्दन गरेको छ ।
    सम्मानित भएपछि सितारामले एकवर्षदेखि डेढ वर्षभित्रमा भुकम्प प्रभावित सबै जिल्लामा पूननिर्माण गरेर देखाउने विश्वास व्यक्त गरे । नेपालमा अर्काको कुरा काट्ने मानिसहरु धेरै भएको उल्लेख गर्दै उनले भने-‘कुरा काट्नुपर्‍यो भने हामी आफ्नै श्रीमतिको कुरा काट्न पनि पछि पर्दैनौ, त्यतिमात्रै होईन, हामी नेपाली पशुको पनि कुरा काट्न छोड्दैनौं ।’
    आगामी दिनमा अझै धेरै काम गर्ने योजना रहेको भन्दै उनलेे केही समयपछि एउटा अभियानको घोषणा गर्ने जानकारी दिए । राष्ट्र निर्माणमा सबैले सहयोगी भूमिका निर्वाह गर्नुपर्ने भन्दै त्यतातिर ध्यान दिन सीतारामले अपिल गरे ।
    विनासकारी भूकम्प गएको दुई वर्ष वितिसक्दा पनि भुकम्प प्रभावित जिल्लाहरुको पूनःनिर्माण सम्पन्न नभएकोप्रति उनले दुःख व्यक्त गरे । ‘पूननिर्माणको लागि ठूला-ठूला विदेशी सहायता आएका थिए, तर सरकारले पूननिर्माणको काममा गति लिन सकेन, अब फेरि अर्को विपद आउँदा विदेशी सहायता नआउन पनि सक्छ, यतातिर हामी सबै गम्भिर बन्नुपर्छ ।’ सितारामले भने ।
    विनाशले विकासको मुल फुटाउँछ भनेजस्तै नेपालमा पनि भुकम्पलाई अवसरमा परिणत गर्न सक्नुपर्दथ्यो भन्दै सितारामले यो मामिलामा सरकार चुकेको भनाइ राखेे । उनले भने-‘हामीले भारतको गुजरात देखेका थियौं, आज गुजरात विश्ककै पर्यटकीय गन्तव्य बनेको छ, हाम्रो देश त प्राकृतिक सौन्दर्यले पनि त्यतिकै धनी छ, सरकारले पूर्ननिर्माणको लागि दरिलो नीति ल्याउनुपथ्र्यो ।’
    उनले पार्टीको झण्डाभन्दा पनि देशको झण्डा ठूलो भएकोले पीडितको नाममा कसैले पनि राजनीति गर्न नहुने धारणा राखे । सगरमाथा र गौतम बुद्धको कारण नेपालमा पर्यटक आउने गरेको उल्लेख गर्दै पूर्ननिर्माणको लहर देशैभरि ल्याउन सकेको भए सुन्दर/सुन्दर नयाँ संरचना हेर्न पर्यटकहरु आउने थिए भन्दै यतातर्फ कसैको ध्यान नगएकोमा चिन्ता व्यक्त गरे ।
    सम्मानित कुञ्जना घिमिरले डरलाई शक्तिमा परिणत गरेर मनलाई शुद्धिकरण गर्दै अरुको लागि जिउनुको मज्जा नै अर्के हुने भन्दै आफूहरुले पनि सहयोगी मनहरुलाई संकलन गरेर पूर्ननिर्माणको काममा जुटेको बताईन् ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture