भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
सरकारलाई झड्का, मोर्चाद्वारा नयाँ संशोधन प्रस्तावको विरोध गर्दै संसद वहिस्कार
काठमाडौं, चैत २९–मधेस केन्द्रीत दलले मंगलबारको व्यवस्थापिका संसदको बैठक समेत वहिष्कार गरेका छन् ।मधेस केन्द्रीत दल तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले समेतलाई चित्त बुझ्ने गरी संविधान संसोधनको अर्को विधेयक ल्याएको सरकारले दाबी गरिरहेको बेला मधेसी दलले संसद बहिस्कार गरेका हुन् ।
व्यवस्थापिका संसदमा विचाराधिन संविधानको दोश्रो संसोधन विधेयक फिर्ता गरी अर्को ल्याउने तयारीको मधेस केन्द्रीत दलले विरोध समेत गरेका छन् ।
सभामुख ओनसरी घर्ती मगरले बैठक सुरु भएको जानकारी गराए लगत्तै मधेस केन्द्रीत दलका सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसलगत्तै समय लिएर बोलेका तमलोपाका सांसद अकवाल अहमदले संविधानको धारा २ सय ७४ मा सघिय सीमांकन आयोग गठन पछि त्यसै आयोगले सिंमाकन निर्धारण गर्ने उल्लेख रहेको तर्फ ध्यानाकर्षण गराउदै सीमांकन सहितको विचाराधिन विधेयक फिर्ता लिने सरकारको प्रस्तावमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको विरोध रहेको बताए ।
उनले बन्दुकबाट निर्वाचन गराउने प्रयास गरियो भने त्यसबाट उत्पन्न स्थितिको जिम्मेवार सरकार स्वयम हुने भन्दै माग सम्बोधन नभएसम्म आफुहरुले बैठक वहिष्कार गर्ने उल्लेख गरे ।
कार्यसूचीमा संविधानको दोश्रो संसोधन विधेयक फिर्ता लिने विषय राखिएपछि त्यसको विरोध गर्दे मोर्चाका सांसदले सिंमाकनलाई थाती राखी नेपाल सरकारले नया संविधान संसोधन विधेयक पेश गर्न लागेको भन्दै विरोध गरेका हुन् ।
तमलोपाका सांसद अहमदले बोले लगत्तै मधेस केन्द्रीत दलबाट संसदमा उपस्थित सांसदहरु बैठक वहिष्कार गरी बाहिरीएका थिए ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment