• Breaking News

    Monday, April 10, 2017

    गौरीघाटमा 'गुन्डानाइके' दावा लामामाथि गोली प्रहार

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस



    काठमाडौंको गौरीघाटमा गुन्डानाइके दाबा लामामाथि गोली प्रहार भएको छ ।

    काठमाडौंको गौरीघाटमा गुन्डानाइके दाबा लामामाथि गोली प्रहार भएको छ । गौरीघाटमा रहेको दिब्य पार्टी प्यालेस नजिकै आज विहान ९ बजेर २० मिनेट जादाँ लामामाथि ३ गोली प्रहार भएको काठमाडौं प्रहरी परिसरका एसपी प्रद्युम्न कार्कीले जानकारी दिए। उनको अहिले जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको छ। गाडी पार्किङ गरेर हेल्थ क्लवमा जान लागेका उनीमाथि मास्क लगाएको युवाले गोली हानेका हुन्। महानगरीय अपराध महाशाखाका डिएसपी अजय केसीका अनुसार लामामाथि पछाडिबाट गोली प्रहार भएको हो। उनको ढाडमा गोली लागेको छ। प्रहरीले सिसिटिभी फुटेज निगरानी गरेर हानी हान्ने पहिचान गरिसकेको जनाएको छ। करिव एक महिनाअघि काठमाडौंको दरबारमार्गमा रहेको डेजाभु डिस्कोमा झगडा हुदाँ संचालक राम गिरीमाथि लामाले हातपात गरेका थिए। प्रहरीले राम गिरीको समूहले उनीमाथि गोली हानेको हुन सक्ने अनुमान गरेको छ। लामा सबैभन्दा पहिले दीपक मनाङगे समूहमा थिए। त्यसपछि उनी गणेश लामाको समूहमा आए। गणेश लामाको समूहपछि विष्णु लामासँग उनी मिले । जुवा खेल्दा १ करोड हिनामिना गरिदिएको भन्दै विष्णु लामा र उनीवीच विवाद भयो। अहिले आफ्नै गुन्डागर्दीमा उनी सम्लग्न छन्। उनलाई कांग्रेस सभासद तीर्थ लामाले अहिले साथ दिदैँ आएको प्रहरीले जनाएको छ। दावा लामाले जोरपाटी नयाँबस्तीमा नयाँ घर बनाएका छन्। उनी त्यही बस्छन्। उनी बेला बेलामा युवाहरु लिएर सिक्किमसम्म जुवा खेल्न पुग्छन्।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture