• Breaking News

    Monday, April 10, 2017

    प्रकाश अर्याललाई आइजीपी बनाएपछि सरकार बिरुद्द ‘काउन्टर-एट्याक’मा नवराज सिलवाल, आजै ढल्न सक्छ प्रचण्ड नेतृत्वको सरकार !

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस



    प्रकाश अर्याललाई आइजीपी बनाएपछि सरकार बिरुद्द ‘काउन्टर-एट्याक’मा नवराज सिलवाल, आजै ढल्न सक्छ प्रचण्ड नेतृत्वको सरकार !

    काठमाडौं, २९ चैत ।  सर्वोच्च अदालतको आदेश अवज्ञा गर्दै सरकारले आफूभन्दा वरियतामा पछि रहेका प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको भन्दै डिआईजी नवराज सिलवाल अदालत जाने भएका छन् । यसअघि जयबहादुर चन्दलाई महानिरीक्षक बढुवा गरिएको विरुद्ध उनी अदालत गएका थिए । सिलवाल र अधिवक्ता कपिलदेव ढकालले दायर गरेको छुट्टाछुट्टै रिटमा सुनुवाई गर्दै सर्वोच्चले चन्द बढुवाको निर्णय खारेज गर्दै कार्यक्षमता र ज्येष्ठताका आधारमा महानिरीक्षक नियुक्त गर्न सरकारलाई आदेश दिएको थियो । सर्वोच्चले कार्यसम्पादन र ज्येष्ठतामा सिलवाल नै पहिलो नम्बरमा रहेको समेत स्पष्ट गरेको थियो ।

    यद्यपि मन्त्रिपरिषदले फर्जी कार्यसम्पादन मूल्यांकन तयार पारेर अर्याललाई महानिरीक्षक बनाएको दाबी गर्दै सिलवाल अदालत जाने तयारी गरेका हुन् । कानुनका विद्यार्थी समेत रहेका सिलवाल आफैंले मुद्धा तयार पारिसकेका छन् । उनले महानिरीक्षक बढुवाको निर्णय कार्यान्वयन नगर्दै माग दाबीसहित अदालतको फैसला अवज्ञा गर्ने प्रधानमन्त्री, मन्त्रीहरु र मन्त्रिपरिषद कार्यालयविरुद्ध मानहानी मुद्धा दायर गर्दैछन् ।मानहानी मुद्धामा प्रधानमन्त्री दोषी ठहर भए नैतिक रुपमा सरकार छाड्नुपर्ने आउने कानुनविदहरुको भनाइ छ । ‘प्रधानमन्त्रीविरुद्ध मानहानीको मुद्धा दर्ता गर्ने तयारी भएको छ’, सिलवालनिकट श्रोतले भन्यो, ‘सम्भवतः मंगलबारनै अदालतले फैसला दिन्छ र सरकार जान पनि सक्छ ।’
    रिटमा सिलवालले यसअघि आफ्नो ४० र अर्यालको ३८ नम्बर रहेकामा मन्त्रिपरिषदले किर्ते गरी आफ्नो ३८ र अर्यालको ४० नम्बर बनाएको दाबी गर्ने भएका छन् । काठमाडौं टुडे ले समाचार लेखेको छ ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture