भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
साँच्चै चल्दैन त १५ गतेबाट एनालग टिभी ? यस्तो छ वास्तविकता
काठमाडौं,बैशाख ११ – वैशाख १५ गतेदेखि एनालग टेलिभिजन नै चल्दैन, डिजिटलमा नगई हुँदैन भन्नेजस्ता हल्लाले आम उपभोक्तालाई यतिबेला अन्योल र बेचैन बनाएको छ। सरकारले टेलिभिजन प्रसारण सेवालाई ‘डिजिटलाइज्ड’ गर्ने प्रक्रिया र यो कुराका पछाडि आंशिक सत्यता मात्र छ।
‘केबुल टेलिभिजनको एनालग सिग्नल प्रदायकलाई डिजिटल प्रणालीमा जान चाहेमा नि:शुल्क रुपमा वैशाख १५ गतेभित्र डिजिटल प्रणालीमा जाऊ, अन्यथा कर छुट र उपकरण किन्दा लाग्ने भन्सार छुट लगायतका सुविधा कटौती हुन्छ भनेका हौँ,’ सूचना तथा सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले भने।
उनले डिजिटल प्रणालीमा जान नचाहने स्थानीय टेलिभिजन प्रदायकहरुसँग एनालग केबुल सिग्नल रहन सक्ने तर उनीहरुले पनि बिस्तारै अन्य ठूला कम्पनिसँग मिलेर सेवा दिनुपर्ने बताए। प्रवक्ता ढकालले वैशाख १५ देखि पहिलो चरणमा काठमाडौं, ललितपुर र पोखरा तथा विराटनगरमा एनालग टिभीलाई डिजिटल प्रणालीमा लैजान लागेको बताए। यीबाहेक अन्य उपमहानगरपालिका र नगरपालिका क्षेत्रभित्र २०७४ कात्तिक १५ गतेसम्म डिजिटल प्रणालीमा जानुपर्नेछ। यस्तै २०७५ वैशाख १५ बाट यो व्यवस्था अनवार्यरुपमा लागू हुनेछ। आजको गोरखा पत्र दैनिकमा समाचार छ ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment