हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको भक्तपुरको सूर्यविनायक मन्दिरमा जन्मदिनको अवसरमा केक काटिएको छ । हुनत, मदनकृष्णको जन्म वैशाख ७ गते भएको हो । तर, तिथीका आधारमा उनको जन्मदिन बिहिबार पनि सेलिव्रेशन गरिएको हो । चलचित्र “छक्का पन्जा २”को टिमले उनको जन्मदिनमा केक काटेर काटिएको हो । मदनकृष्णलाई हाँस्य कलाकार हरिवंश आचार्यले केक खुवाइदिएका थिए । रमाइलो कुरा के छ भने, मदनकृष्णले आफ्नो बिहे पनि यही मन्दिरमा गरेका थिए । मनदकृष्णले भागी बिहे गरेर सूर्य विनायक मन्दिरमा किरण केसीको उपस्थितीमा यशोदा सुवेदीलाई सिन्दुर हालेका थिए । आफूले बिहेपछि पहिलो पटक सूर्य विनायक मन्दिरमा केक काटेको मदनकृष्णले बताए । उनलाई विभिन्न हाँस्य कलाकारहरुले शुभकामना दिएका थिए ।
No comments:
Post a Comment